३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

श्रीमान विदेशको जेलमा, यता श्रीमती…

श्रीमान विदेशको जेलमा, यता श्रीमती…
अ+ अ-

काठमाडौं । सुन्दा पनि नमजाको समाचार । पति विदेशी जेलमा तर घरमा पत्नी गर्भवती। बच्चा जन्मेको खबर पतिले जेलमै सुन्छन् र खुशी हुन्छन् । यो खबर प्यालेस्टिनको हो । हजारौं प्यालेस्टिनीहरु इजरायली जेलमा छन् ।

तर, उनीहरुका श्रीमती घरमा बच्चा जन्माइरहेका हुन्छन् । झट्ट हेर्दा अवैध कार्यबाट बच्चा जन्मेको हुनसक्ने भएपनि यो भने त्यस्तो होइन । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जेलमा रहेका आफ्नै पति बीर्यबाट पत्नीले गर्भधारण गर्ने गरेका छन् ।

इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनीका परिवारलाई दुई हप्तामा एक पटक जेलमै भेटघाटका लागि समय दिइन्छ । ४५ मिनेटको उक्त समयभित्र पतिले सन्तानको चाहना पुरा गर्न लुकिछिपी वीर्य उपलब्ध गराउँछन् ।

लामो समयका लागि जेल सजाय भएका तर सन्तान नभएकाहरुको हकमा विधिवतरुपमै पत्नीलाई बीर्य दान गर्न सकिने प्रावधान छ । यसका लागि पति–पत्नीका साथसाथै परिवारले पनि कागजी प्रक्रिया पुरा गर्नुपर्दछ । यो प्रक्रियाका लागि साक्षीको पनि आवश्यकता पर्दछ । चोरीका माध्यमबाट होस् या विधिवत रुपमा पतिको बीर्य हासिल गरिसकेपछि त्यस्ता महिलाले गर्भाधान क्लिनिकमा गएर ‘आइभीएफ’ प्रविधिबाट गर्भाधान गरी सन्तान जन्माउने गर्दछन् ।

३ वर्षको अवधिमा ३२ बालबालिका यसरी जन्मिएका छन् । विधिवत रुपमा बीर्य दान गरी जन्माइएकाको तुलनामा जेल प्रशासनको आँखा छलेर लुकिछिपी बीर्य हासिल गरी जन्माइएका सन्तानको संख्या बढ्दै छ । लुकिछिपी बीर्य ल्याएर जन्माइएका सन्तानको भविष्य अन्योलमै छ। जेलमा रहेका ती कैदीको सन्तानलाई इजरायली कानूनले चिन्दैन । परिणामस्वरुप त्यस्ता बालबालिकाले जेलमा रहेका आफ्ना पितालाई भेट्न पाउने छैनन्।

उनीहरुका लागि आधिकारिक दस्तावेज, यात्रा अनुमतिलगायतका कागजात हासिल गर्न निकै चुनौती सामना गर्नुपर्ने जस्ता समस्या देखिन थालेको छ।