• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   मनसुनपछिको विपदमा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन गरिने ★   गीतकार अधिकारीका ‘बुझ मायालु’, ‘यस्तै रहेछ भाग्य’ र ‘यसपालिको तिज’ सार्वजनिक ★   मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते ★   सलोन-सलिनाको डकुड्रामा ‘हामी छौँ’ सार्वजनिक ★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा

श्रीमान विदेशको जेलमा, यता श्रीमती…



काठमाडौं । सुन्दा पनि नमजाको समाचार । पति विदेशी जेलमा तर घरमा पत्नी गर्भवती। बच्चा जन्मेको खबर पतिले जेलमै सुन्छन् र खुशी हुन्छन् । यो खबर प्यालेस्टिनको हो । हजारौं प्यालेस्टिनीहरु इजरायली जेलमा छन् ।

तर, उनीहरुका श्रीमती घरमा बच्चा जन्माइरहेका हुन्छन् । झट्ट हेर्दा अवैध कार्यबाट बच्चा जन्मेको हुनसक्ने भएपनि यो भने त्यस्तो होइन । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जेलमा रहेका आफ्नै पति बीर्यबाट पत्नीले गर्भधारण गर्ने गरेका छन् ।

इजरायली जेलमा बन्द रहेका प्यालेस्टिनीका परिवारलाई दुई हप्तामा एक पटक जेलमै भेटघाटका लागि समय दिइन्छ । ४५ मिनेटको उक्त समयभित्र पतिले सन्तानको चाहना पुरा गर्न लुकिछिपी वीर्य उपलब्ध गराउँछन् ।

लामो समयका लागि जेल सजाय भएका तर सन्तान नभएकाहरुको हकमा विधिवतरुपमै पत्नीलाई बीर्य दान गर्न सकिने प्रावधान छ । यसका लागि पति–पत्नीका साथसाथै परिवारले पनि कागजी प्रक्रिया पुरा गर्नुपर्दछ । यो प्रक्रियाका लागि साक्षीको पनि आवश्यकता पर्दछ । चोरीका माध्यमबाट होस् या विधिवत रुपमा पतिको बीर्य हासिल गरिसकेपछि त्यस्ता महिलाले गर्भाधान क्लिनिकमा गएर ‘आइभीएफ’ प्रविधिबाट गर्भाधान गरी सन्तान जन्माउने गर्दछन् ।

३ वर्षको अवधिमा ३२ बालबालिका यसरी जन्मिएका छन् । विधिवत रुपमा बीर्य दान गरी जन्माइएकाको तुलनामा जेल प्रशासनको आँखा छलेर लुकिछिपी बीर्य हासिल गरी जन्माइएका सन्तानको संख्या बढ्दै छ । लुकिछिपी बीर्य ल्याएर जन्माइएका सन्तानको भविष्य अन्योलमै छ। जेलमा रहेका ती कैदीको सन्तानलाई इजरायली कानूनले चिन्दैन । परिणामस्वरुप त्यस्ता बालबालिकाले जेलमा रहेका आफ्ना पितालाई भेट्न पाउने छैनन्।

उनीहरुका लागि आधिकारिक दस्तावेज, यात्रा अनुमतिलगायतका कागजात हासिल गर्न निकै चुनौती सामना गर्नुपर्ने जस्ता समस्या देखिन थालेको छ।