२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चा जन्माएको आधा घण्टापछि अस्पतालमै दिइन् परीक्षा



अ+ अ-

काठमाडौं । पश्चिम इथियोपियामा २१ वर्षकी अल्माज डेरेसीलाई परीक्षा अघि नै बच्चाको जन्म भइसक्ने आशा थियो । तर उनले सोचे अनुसार भएन । रमजानका कारण उनको सेकेन्डरी स्कूलको परीक्षा स्थगित भयो । नयाँ तालिका अनुसार उनको परीक्षा सोमबार अर्थात् जून ११ देखि सुरु भयो । यो मिति उनको बच्चा जन्मिने मितिबाट निकै नजिक थियो ।

सोमबार परीक्षा सुरु हुन अघि उनी लेबर रुममा जानु पर्‍यो जहाँ उनले छोरालाई जन्म दिइन् । बच्चा जन्माएको आधा घण्टापछि उनले अस्पतालमा नै अंग्रेजी र हिसाबबाहेक स्थानीय भाषाको परीक्षा दिइन् । त्यसको दुई दिनपछि परीक्षा केन्द्रमा अन्य परीक्षा दिनेछिन् ।

म परीक्षा कुनै पनि स्थितीमा छोड्न चाहँदैनथेँः

अल्माजले भनिन्, ‘गर्भावस्थामा पढ्न मलाई कुनै पनि समस्या भएन र म ग्रेजुएशन पूरा गर्नका लागि अर्को वर्षसम्म प्रतिक्षा गर्न चाहँदैनथेँ । यसै कारण मैले बच्चा जन्माएकै दिन परीक्षा दिएँ ।’

अल्माजका श्रीमानका अनुसार उनले अस्पतालमा नै परीक्षा दिनका लागि स्कूलसँग अपिल गरेका थिए । उनले भने, ‘उनी आफ्नो पढाईका लागि निकै गम्भीर थिइन् । विभिन्न समस्याका बाबजुद पनि उनले यस्तो गरेर देखाइन् ।’