२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चा जन्माएको आधा घण्टापछि अस्पतालमै दिइन् परीक्षा



अ+ अ-

काठमाडौं । पश्चिम इथियोपियामा २१ वर्षकी अल्माज डेरेसीलाई परीक्षा अघि नै बच्चाको जन्म भइसक्ने आशा थियो । तर उनले सोचे अनुसार भएन । रमजानका कारण उनको सेकेन्डरी स्कूलको परीक्षा स्थगित भयो । नयाँ तालिका अनुसार उनको परीक्षा सोमबार अर्थात् जून ११ देखि सुरु भयो । यो मिति उनको बच्चा जन्मिने मितिबाट निकै नजिक थियो ।

सोमबार परीक्षा सुरु हुन अघि उनी लेबर रुममा जानु पर्‍यो जहाँ उनले छोरालाई जन्म दिइन् । बच्चा जन्माएको आधा घण्टापछि उनले अस्पतालमा नै अंग्रेजी र हिसाबबाहेक स्थानीय भाषाको परीक्षा दिइन् । त्यसको दुई दिनपछि परीक्षा केन्द्रमा अन्य परीक्षा दिनेछिन् ।

म परीक्षा कुनै पनि स्थितीमा छोड्न चाहँदैनथेँः

अल्माजले भनिन्, ‘गर्भावस्थामा पढ्न मलाई कुनै पनि समस्या भएन र म ग्रेजुएशन पूरा गर्नका लागि अर्को वर्षसम्म प्रतिक्षा गर्न चाहँदैनथेँ । यसै कारण मैले बच्चा जन्माएकै दिन परीक्षा दिएँ ।’

अल्माजका श्रीमानका अनुसार उनले अस्पतालमा नै परीक्षा दिनका लागि स्कूलसँग अपिल गरेका थिए । उनले भने, ‘उनी आफ्नो पढाईका लागि निकै गम्भीर थिइन् । विभिन्न समस्याका बाबजुद पनि उनले यस्तो गरेर देखाइन् ।’