६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेल लिभरपुल र नर्विच सिटीबीच हुने



अ+ अ-

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल २०१९–२० को खेल तालिका सार्वजनिक भएको छ ।

आज (बिहीबार) सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा च्याम्पियन्स लिगको विजेता लिभरपुल र प्रिमियर लिगमा बढुवा भएको क्लब नर्विच सिटीबीच प्रतिस्पर्धा हुने भएको छ । खेल २०१९ का अगष्ट ९ तारिखमा हुनेछ ।

त्यस्तै, अगष्ट १० तारिखमा इंग्लिस प्रिमियर लिगको विजेता म्यान्चेस्टर सिटीले वेष्टहामससँग प्रतिस्पर्धा गर्नेछ ।

अगष्ट १० तारिखमा ७ खेल हुदैछ । त्यो दिन बोर्नमाउथले सेफिल्ड युनाइटेड, बर्नेलीले साउथहृयाम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वोल्भ्स, वाटफोर्डले ब्राइटन र स्पुरले एस्टोनभिलासँग प्रतिस्पर्धा गर्दैछ ।