७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामेछापको मन्थलीमा जीप दुर्घटना, ११ जना घाइते



अ+ अ-

रामेछाप । रामेछापको मन्थलीबाट दोरम्बा जाँदै गरेको जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्थामा गम्भीर छ।

सोेमबार दोरम्बा जान लागेको हिमगंगा यातायात समितिको बा १ ज ६४४१ नम्बरको टाटा सुमो जीप पकरबासको भिमसेनस्थान नजिक दुर्घटनामा परेको हो । जीप सडकबाट करिब २० मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि मन्थली तर्फ ल्याइदैँ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।