७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो



अ+ अ-

काठमाडौं । बुधबार अमेरिकी डलरसहित रियाल रिगिंट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९ रुपैयाँ ४९ पैसा छ ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रीदर ३० रुपैयाँ ३७ पैसा छ । यता यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३० रुपैयाँ ११ पैसा छ ।

तयस्तै मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५८ पैसा र बिक्रीदर २६ रुपैयाँ ७२ पैसा छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा छ ।

कुवेती दिनार १ को खरिददर ३६१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९० पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९३ रुपैयाँ ३४ पैसा छ ।