११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

श्रीलङ्काका प्रहरीद्वारा आफ्नै ‘कमाण्डर’ र पूर्वरक्षा सचिव पक्राउ

श्रीलङ्काका प्रहरीद्वारा आफ्नै ‘कमाण्डर’  र पूर्वरक्षा सचिव पक्राउ
अ अ+ अ-

काठमाडौं । श्रीलङ्काको प्रहरीले आत्मघाती बम आक्रमण रोक्न नसकेको आरोप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आईजीपी पुजित जयसुन्दरा र पूर्वरक्षा सचिव हेमसिरी फर्नान्डो रहेका छन् ।

बीबीसीका अनुसार महान्यायाधिवक्ताले सुरक्षा खतराहरूको आकलनमा उनीहरूको विफलता मानवताविरूद्धको अपराधजस्तै भएको टिप्पणी गरेको भोलिपल्ट दुई अधिकारी पक्राउ परेका हुन् ।महान्यायाधिवक्ताले उनीहरूविरुद्ध औपचारिक रूपमा अभियोग लगाउने ठानिएको छ।

उनले सुरक्षा कमजोरीहरूका निम्ति मुद्दा लगाइनु पर्ने भन्दै सन्दिग्धको रूपमा अन्य नौजना वरिष्ठ प्रहरी अधिकृतहरूको पनि नाम लिएका छन्।

सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै प्रहरी प्रमुखलाई राजीनामा दिन निर्देशन दिइएको बताइएको थियो।तर उनले राजीनामा दिन अस्वीकार गरेका थिए।त्यसपछि राष्ट्रपति मैत्रीपाल सिरिसेनाले दुई महिनाअघि रक्षासचिवलाई पदमुक्त गर्दै प्रहरी प्रमुखलाई निलम्बन गरेका थिए।

सिरिसेनाले एउटा टेलिभिजन सम्बोधनमा त्यहाँका विभिन्न सुरक्षा निकायमा व्यापक परिवर्तन गर्ने बताएको एक दिनपछि उनीहरू विरुद्ध कदम उठाइएको थियो। त्यसपछि निमित्तको रूपमा चन्दन विक्रमरत्नले प्रहरीको नेतृत्व सम्हालेका छन्।

बक आक्रमणमा दुई सय ५८ जना मारिएका थिए।