७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलङ्काका प्रहरीद्वारा आफ्नै ‘कमाण्डर’ र पूर्वरक्षा सचिव पक्राउ



अ+ अ-

काठमाडौं । श्रीलङ्काको प्रहरीले आत्मघाती बम आक्रमण रोक्न नसकेको आरोप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा आईजीपी पुजित जयसुन्दरा र पूर्वरक्षा सचिव हेमसिरी फर्नान्डो रहेका छन् ।

बीबीसीका अनुसार महान्यायाधिवक्ताले सुरक्षा खतराहरूको आकलनमा उनीहरूको विफलता मानवताविरूद्धको अपराधजस्तै भएको टिप्पणी गरेको भोलिपल्ट दुई अधिकारी पक्राउ परेका हुन् ।महान्यायाधिवक्ताले उनीहरूविरुद्ध औपचारिक रूपमा अभियोग लगाउने ठानिएको छ।

उनले सुरक्षा कमजोरीहरूका निम्ति मुद्दा लगाइनु पर्ने भन्दै सन्दिग्धको रूपमा अन्य नौजना वरिष्ठ प्रहरी अधिकृतहरूको पनि नाम लिएका छन्।

सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै प्रहरी प्रमुखलाई राजीनामा दिन निर्देशन दिइएको बताइएको थियो।तर उनले राजीनामा दिन अस्वीकार गरेका थिए।त्यसपछि राष्ट्रपति मैत्रीपाल सिरिसेनाले दुई महिनाअघि रक्षासचिवलाई पदमुक्त गर्दै प्रहरी प्रमुखलाई निलम्बन गरेका थिए।

सिरिसेनाले एउटा टेलिभिजन सम्बोधनमा त्यहाँका विभिन्न सुरक्षा निकायमा व्यापक परिवर्तन गर्ने बताएको एक दिनपछि उनीहरू विरुद्ध कदम उठाइएको थियो। त्यसपछि निमित्तको रूपमा चन्दन विक्रमरत्नले प्रहरीको नेतृत्व सम्हालेका छन्।

बक आक्रमणमा दुई सय ५८ जना मारिएका थिए।