७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नी प्रेमिकासँग गेष्ट हाउसमा रात बिताएका प्रेमी मृत भेटिए



अ+ अ-

काठमाडौं । गोगंबुस्थित शुभकलश गेष्ट हाउसमा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

मंगलबार साँझ आफ्नी प्रेमिकासँग गेष्ट हाउसमा बस्न पुगेका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत अवस्थामा भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी फणिन्द्र प्रसाईंको अनुसार उनीहरु बसेको कोठामा भियग्रा र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको छ । मृत्युको कारण खुल्न नसकेको उनले बताए ।

गेष्ट हाउस सञ्चालक र प्रेमिकालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।