७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको लाहौर विमानस्थलमा गोली चल्योः दुईको मृत्यु, एक घाइते



अ+ अ-

काठमाडौं । पाकिस्तानको लाहौरस्थित अलामा इक्बाल अन्तरराष्ट्रिय विमानस्थलमा गोली चलेको छ । बुधबार भएको घटनामा गोली लागेर दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । गोली कान्डपछि दुई आरोपी अर्सद र शानलाई पक्राउ गरिएको छ ।

विमानस्थलको मुख्य भवन बाहिर भएको अराइभल–वेटिङ एरियामा उक्त घटना भएको हो ।पुलिस अधिकारी कान्ट सफ्दार राजा काज्मीले घटनामा मृतक र घाइतेको संख्या पुष्टि गरेका हुन् । मृतकमध्ये एकको अस्पतालमा मृत्यु भएको जानकारीमा उल्लेख छ ।

अधिकारीका अनुसार सुरुवाती अनुसन्धानमा नीजि झगडापछि गोली चलाइएको खुलन आएको बताएका छन् । यसबारे थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दिए ।