१९ भाद्र २०८३, शुक्रबार
,
Latest
त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल सङ्खुवासभाम शिक्षकको हत्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्ततः भारतीय फिल्म अवार्ड आईफा नेपालमा नहुने



अ+ अ-

काठमाडौं । अन्ततः भारतीय फिल्म अवार्ड आईफा नेपालमा नहुने भएको छ । चौतर्फी विरोधपछि सरकारले उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने भएको हो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने पुष्टि गरे ।बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा सत्तारुढ दलका अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा सरकार यसबाट पछि हट्दा राम्रो हुने निष्कर्षमा पुगेको स्रोतको दावी छ ।

यसअघि सरकारले आइफा अवार्डका लागि नगद ४४ करोड २५ लाख रुपैयाँ र आउने भारतीय कलाकारसहित करिब छ सय जनालाई आतेजाते प्लेनभाडा र होटलमा बसेको खर्च समेत गरेर एक अर्ब रुपैयाँ खर्चिने सामाचारहरु सार्वजनिक भएका थिए ।

यद्यपी यसबारे सरकारले निर्णय नगरेको सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताउँदै आएका थिए । अवार्डका लागि पर्यटन बोर्ड र काठमाडौ महानगरपालिकामार्फत उक्त रकम खर्च गर्न लागिएको थियो ।

नेपाली चलचित्रको वृत्ति विकासका लागि लगानी नगर्ने, दोलखामा निर्माण गर्ने भनिएको फिल्म सिटी बजेट अभावमा अलपत्र प्रायः परेको तथा इनडोर स्टुडियो काठमाडौंमा निर्माण गर्ने भनिए पनि अहिलेसम्म कहाँ बनाउने तय नगरेको र बार्षिक आयव्यय विवतरणमा बजेट उल्लेख नगरिएको भन्दै व्यापक असन्तुष्टि हुदै आएको थियो ।

उक्त अवार्ड कार्यक्रममा नेपाली नागरिकले तिरेको करबाट अनुदान दिन नहुने भन्दै विरोध भएको थियो ।