११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

अष्ट्रेलियामा एचआइभी संक्रमण दर घट्यो

अष्ट्रेलियामा एचआइभी संक्रमण दर घट्यो
अ अ+ अ-

सिड्नी । अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ ।
बुधबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको सिड्नीबाट प्राप्त समाचारमा जनाइएको छ ।

अष्ट्रेलियाको दि युनिभर्सिटी अफ न्यु साउथ वेल्सको अनुसन्धानमा यस्तो तथ्य भेटिएको हो । उक्त विश्वविद्यालयआवद्ध कर्बि नामक एक संस्थाले गरेको अनुसन्धानमा यहाँको एचआाइभी संक्रमण दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको देखिएको समाचारमा उल्लेख छ ।

उक्त संस्थाको अनुसन्धानले सन् २०१८ मा एचआइभी संक्रमितहरुको गणना गरिएकोमा ८३५ जना मात्र भेटिएको देखाएको छ । देशभरमा गरिएको सो एचआइभी संक्रमितहरुको खोजीका क्रममा ८३५ जना मात्र भेटिएको उक्त संस्थाका प्रमुख प्राध्यापक रेबेका गायले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो संख्या गएको १८ वर्षयताकै सबैभन्दा कम हो । उहाँले भन्नुभयो– अष्ट्रेलियामा हरेक वर्ष एचआइभी संक्रमितहरुको पहिचान गरी तथ्याङ्क सङ्कलन गर्ने गरिएकोमा गतवर्ष अर्थात् सन् २०१८ को यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा थोरै हो ।

उहाँले भन्नुभयो– हुनत हामीले पछिल्ला वर्षहरुमा अष्ट्रेलियामा एचाआइभी संक्रमितहरुको संक्रमण दर घट्दै गएको देखेका छौँ, तर गत वर्षको यो तथ्याङ्क भने अहिलेसम्मकै सबैभन्दा कम हो ।

उहाँले यसअघिका अनुसन्धानहरु यहाँका विभिन्न राज्यमा गर्ने गरिएको र राज्यस्तरमा घट्दो दर देखिएको भन्दै तर गत वर्षको यो तथ्याङ्क भने राष्ट्रिय स्तरकै भएकोले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो ।यो संक्रमणमा आएको कमी भनेको यहाँको सरकारले स्वाथ्यका क्षेत्रमा गरेका प्रतिबद्धताहरुको परिणाम भएको पनि उहाँले बताउनुभयो ।

यहाँको सरकारले एचआइभी एड्सको नियन्त्रणका क्षेत्रमा दरिलो प्रतिबद्धता व्यक्त गरेको र सो प्रतिबद्धताअनुसार काम गरेकोले एचआइभीको संक्रमणमा कमी आएको बताइएको छ ।