७ आश्विन २०८१, सोमबार
,
Latest
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव सांसदहरु नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूँजीबजार : दोहोरो अङ्कको वृद्धि कायमै



अ+ अ-

काठमाडौं । मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २७२.९८ विन्दुमा पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता शेयर रु ५५ करोड दुई लाख ४७ हजार ८१३ मा खरिदबिक्री भए । स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये सबै उपसूहको शेयर उकालो लागेको छ । बैंकिङ १३.७६, होटल १.६९, विकास बैंक १४.३९, जलविद्युत् १४.९४, वित्त २.९५, निर्जीवन बीमा ९३.४१, उत्पादन १८.४६, अन्य ८.५७, लघुवित्त २६.०२, जीवन बीमा ९४.९३ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ ।

नेपाल बैंक लिमिटेडको शेयर रु चार करोड ५३ लाख ३१ हजार ८७० मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै सेञ्चुरी कमर्सियल बैंक रु तीन करोड ४० लाख ८५ हजार १३०, मेगा बैंक नेपाल रु तीन करोड २६ लाख ६५ हजार ५४१, प्रभु बैंक लिमिटेड रु तीन करोड तीन लाख ८६ हजार ९४ र सिभिल बैंक लिमिटेड रु तीन करोड दुई लाख ११ हजार ३८ मा कारोबार भए ।

बढेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ६.०६ प्रतिशतले गुमाए । त्यस्तै नाङ्दी ग्रुप पावर ४.९१, युनियन हाइड्रो पावर लिमिटेड ४.६८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.३८ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले २.५ प्रतिशतले गुमाए ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.१०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.७६, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.९९, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी ५.९५ र रिढी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले ५.६२ प्रतिशतले कमाए ।