११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा समस्यै समस्या

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा समस्यै समस्या
अ अ+ अ-

– सञ्चिता घिमिरे

काठमाडौं । इञ्जिनीयरिङ अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणको केन्द्रका रूपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस समस्याग्रस्त बनेको छ । पर्याप्त जनशक्तिको अभाव र आर्थिक अभावले क्याम्पस समस्यामा परेको प्रशासनले जनाएको छ ।

क्याम्पसमा कार्यरत जनशक्ति उमेर हदबन्दीका कारण अवकाश लिइरहेको तर तुरुन्त नयाँ नियुक्ति गर्न नसकिएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले समयमा नै पदपूर्ति नगर्दा क्याम्पसमा सधैँ जनशक्ति अभाव भोग्नु परिरहेको उहाँले बताउनुभयो । क्याम्पसमा प्राध्यापक र अरु कर्मचारी गरेर दुवैखालको जनशक्ति दरबन्दीभन्दा कम कार्यरत छ । उहाँले भन्नुभयो, “यसको प्रत्यक्ष असर विद्यार्थीमा पर्न जान्छ ।”

समयानुसारका विषय थप गर्दै जानुपर्ने बाध्यता एकातिर रहेको छ भने अर्कोतिर भएका सङ्काय र विषयसमेत अस्थायी (करार) कर्मचारी नियुक्त गरेर सञ्चालन भइरहेको उहाँले बताउनुभयो । अस्थायी कर्मचारी नियुक्ति गर्नका लागि पनि बजेटको समस्या रहेको उहाँले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले यहाँका स्थायी कर्मचारीलाई मात्रै टाउको गनेर बजेट विनियोजन गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले त्यही बजेटबाट मिलाएर अस्थायी कर्मचारी पनि राख्नुपर्ने बाध्यता छ ।”

क्याम्पसमा विद्यार्थीको आकर्षण र देशमा प्राविधिक जनशक्तिको आवश्यकतालाई हेरेर यहाँ रहेको सिट सङ्ख्या थप गर्न आवश्यक रहेको सहायक क्याम्पस प्रमुख दुवाले बताउनुभयो । जनशक्ति र भवन दुवैको अभावले सिट सङ्ख्या थप गर्न सकिएको छैन । क्याम्पस स्थापना हुँदा सिभिल इञ्जिनीयरिङमा सिट सङ्ख्या १४४ रहेकामा अहिले त्यसलाई बढाएर १९४ पु¥याइएको छ । त्यस्तै, कम्प्युटर विज्ञानमा पहिले ४८ सिट रहेकामा अहिले ९६ पु¥याइएको छ । बाँकी चार सङ्कायमा सिट सङ्ख्या थप्न नसकिएको उहाँले बताउनुभयो । क्याम्पसले सिट सङ्ख्या थप्न नसक्दा विद्यार्थी चर्को शुल्क तिरेर निजी क्याम्पसमा जान बाध्य छन् । उहाँले भन्नुभयो, “निजीमा जति पनि सिट हुने भएकाले धेरैले चाहेर पनि सरकारी क्याम्पस पढ्न पाएका छैनन् ।”

उमेर हदबन्दीका कारण प्राध्यापक अवकाश पाउनु नियमित प्रक्रिया भए पनि नयाँ जनशक्ति नहुँदा क्याम्पसलाई समस्या परिरहेको उहाँले बताउनुभयो । क्याम्पसले अहिले दुई विषय थप्ने योजना बनाइरहेको छ । स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ र स्नातकोत्तरमा रेलवे इञ्जिनीयरिङ विषय थप गर्ने क्याम्पसको योजना छ । विश्वविद्यालयबाट अनुमोदन नहुँदा अड्किरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिविको प्राज्ञिक परिषद्ले अनुमोदन गरेपछि मात्रै हामीले अनुमति पाउँछौँ ।”
जनशक्ति अभावसँगै क्याम्पसमा भवन अभाव रहेको प्रशासनले जनाएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सिट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख दुवाले बताउनुभयो । समयको मागअनुसार विषय र सङ्काय थप्नुपर्ने भएपनि भवन अभावले गर्दा थप्न नसकिएको उहाँको भनाइ थियो ।

“हामीले यहाँ सिट बढाउन नसक्दा त्यसको मार विद्यार्थी र अभिभावकलाई परेको छ”, सहायक क्याम्पस प्रमुख दुवाले भन्नुभयो, “विद्यार्थी चर्को शुल्क तिरेर निजीमा जान बाध्य छन् ।” भवन अभावकै कारण भूकम्पले क्षति पुगेका पुरानो भवनलाई मर्मत मात्रै गरेर बस्नुपरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार राणाकालीन उक्त भवन विसं २०७२ को भू्कम्पले क्षति पु¥याएकाले प्रशासनिक कार्यालय रहेको भवनको भित्री भागमा मात्रै मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । “भवन पुनःनिर्माण गर्नुपर्ने भए पनि क्याम्पसको आयस्रोतले भ्याउँदैन, नेपाल सरकारले पुनःनिर्माणका लागि रकम दिएको छैन”, उहाँले भन्नुभयो ।

विसं २०२९ मा त्रिभुवन विश्वविद्यालको इञ्जिीनियरिङ विभागको केन्द्रीय क्याम्पसका रूपमा पुल्चोक क्याम्पसको स्थापना भएको थियो । स्थापना हुँदा यस क्याम्पसले प्रमाणपत्र तहमा तीन वर्षे कक्षा शुरु गरेको थियो । यसले विसं २०५१ मा चार वर्षे स्नातक तहमा सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन शुरु गरेको थियो । हाल क्याम्पसमा छ सङ्काय रहेका छन् । स्नातक, स्नातकोत्तरसँगै विभिन्न विषयमा विद्यावारिधिका कार्यक्रम रहेको कयाम्पसले जनाएको छ ।