१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिवियाको आक्रमणमा एक नेपालीको मृत्यु



अ+ अ-

काठमाडौं । लिवियाको आप्रवासी हिरासत केन्द्रमा भएको आक्रमणमा एक नेपालीको मृत्यु भएको छ ।

नेपाली दूतावासका अनुसार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सन्तोष श्रेष्ठको स्थायी ठेगाना कहाँ र उनी कसरी लिबिया आइपुगे भन्ने खुल्न सकेको छैन । दूतावासले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

मंगलबार लिबियाको राजधानी त्रिपोलीको पूर्वी क्षेत्रमा रहेको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण भएको थियो । आक्रमणमा ४० जनाको ज्यान गएको थियो भने ८० भन्दा बढी घाइते भएका थिए ।

पछिल्लो २ महिनामा २६ नेपालीलाई उद्धार गरेको नेपाल फर्काइएसकिएको छ ।