७ आश्विन २०८१, सोमबार
,
Latest
गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित चिनियाँ प्रविधियुक्त कारमा अमेरिकी प्रतिबन्धको बेइजिङद्वारा आलोचना संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै होः प्रचण्ड काठमाण्डौ स्पाइकर्सको ट्यालेन्ट हन्ट इभेन्ट सम्पन्न, विजेता घोषित प्रभु बैंक लि. भिजा ईन्टरनेशनलद्धारा आयोजित भिजा लिडरसीप कनक्लेभ नेपाल २०२४ अन्तर्गत् दुई बिधामा सम्मानित ऊर्जामन्त्री खड्काद्वारा ढल्केवर सबस्टेसनको निरीक्षण जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना बालबालिकामा हुने क्यान्सरको उपचारका लागि चिकित्सक अभाव सांसदहरु नआएपछि सोमवारको संसदीय सुनुवाई समितिको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुटेरा र स्थानीयबीच झडप, तीन गम्भीर घाइते



अ+ अ-

महोत्तरी । महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गए राति बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले रु १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो ।

वडा नं ७ का रामसुनर महतोे र वडा नं ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै सोही क्रममा स्थानीय वडहरिखोलामा गाउँले र डाँकाबीच केहीबेर झडपसमेत भएको र सोही क्रममा तीन गाउँले घाइते भएका छन् ।

गाउँलेले डाँकाको समूहमध्ये एकलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । पक्राउ पर्नेमा सर्लाही चन्द्रपुर नगरपालिकाका ४० वर्षीय देवनारायण कापड रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यता भिडन्तमा परी स्थानीयवासी घरमुली चन्देश्वर महतो, उनकी श्रीमती जेयवती देवी र २७ वर्षीय छोरा उमेश महतो घाइते भएका छन् । उनीहरुको स्वास्थ्य अवस्था गम्भीर रहेकाले बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बढाथोकीले बताउनुभयो ।