१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारमा स्कुटर ठोकिदा एक जनाको मृत्यु



अ+ अ-
फाइल फोटो

रुपन्देही । रुपन्देहीको सैनामैनामा स्कुटर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलको वडा नं २ पाखापानीमा आज बिहानै भएको सडक दुर्घटनामा सैनामैना–४ शान्तिटोलका २८ वर्षीय अजित सलामी थापाको मृत्यु भएको र दुई घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिनुभयो ।

दुर्घटनामा स्कुटर पछाडि सवार सैनामैना–३ बस्ने सञ्जय पटेल र विक्रम थारू घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको शाहले बताउनुभयो । पश्चिमबाट बुटवल आउँदै गरेको लु१च १५८८ नंको कारमा विपरीत दिशाबाट जाँदै गरेको लु३६प ४३१४ नंको स्कुटर ठोकिदा दुर्घटना भएको हो ।