१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन सुनचाँदीको मूल्यमा वृद्धि १० दिनपछि उद्धार भएका सञ्जय साह भन्छन्– ‘सुरुङभित्र अझै मानिस हुन सक्छन्’ त्रिशूली–३ ‘ए’ आयोजनाबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साविक विजेता चिलीलाई हराउँदै पेरु फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौं । साविक विजेता चिलीलाई हराउँदै पेरु कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार बिहान भएको खेलमा पेरुले चिलीलाई ३–० गोलले पराजित गरेको हो ।पेरुको जितमा इडिसन फ्लोरेस, योशीमार योटुन र जोस पाउलो गुरेरोले समान एक एक गोल गरेका थिए ।

खेलको २१औं मिनेट मै इडिसन फ्लोरेसले गोल गर्दै पेरुलाई १–० को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ३८औं मिनेटमा पेरुले २–० को अग्रता कायम गर्यो । उसका लागि योशीमार योटुन गोल गरे । पहिलो हाफ २–० को अग्रता कायम गरेको पेरुले चिलीको पोष्टमा दोस्रो हाफमा एक गोल थप्यो ।

दोस्रो हाफको इन्जुरी समयमा जोस पाउलो गुरेरोले गोल गरे । गुरेरोले पेरुलाई ३–० गोल गर्दै फाइनलमा पुर्याए । त्यसलगत्यै चिलीले पेनाल्टीको मौका खेर फालेको थियो । पेरुका एडुआर्डो भार्गासको प्रहारलाई पेरुका गोलरक्षकले सजिलै विफल पारिदिएका थिए ।

फाइनलमा पेरुले आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि ब्राजिलले अर्जेन्टिनालाई २–० गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।