७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको योजना असफल बनाउन आईफाबारे अनावश्यक हल्ला चलाइयो : ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईफा अवार्डबारे अनावश्यक हल्ला चलाइएको बताएका छन् ।

समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन अनावश्यक हल्ला चलाएर सरकारको बदनाम गरेको बताए ।

उनले भने , ‘थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेका थियौं । तर अर्बौं खर्च भनेर हावा कुरा गरियो । लौ सर्वनाश हुने भयो भनेर अनाधिकृत निर्देशन दिन लगाइयो ।’

उनले उनले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन समेत अनधिकृत भएको दाबी गरे ।