२५ भाद्र २०८३, बिहीबार
,
Latest
नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र नेपाल नेत्रज्योति सङ्घद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख भन्दा बढी सहयोग तनहुँमा एक वर्षमा २२ किलोमिटर सडक कालोपत्र जेनजी आन्दोलनको एक वर्षः परराष्ट्र नीतिलाई प्रभावकारी बनाउँदै सरकार एसिसी प्रिमियर कपः नेपाल ओमानसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगका १८ कर्मचारी एकै पटक विदेश भ्रमण



अ+ अ-

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी र अधिकृतस्तरका १८ कर्मचारी असारे खर्चमा एकैपटक विदेश भ्रमणमा जान लागेका छन् । बजेट सक्न असारको अन्तिममा कार्यालय नै रित्तो बनाएर उनीहरू भियतनाम र चीन भ्रमणमा निस्किन लागेका हुन् । आज १० जना भियतनाम र आठजना चीन उड्दै छन् । भियतनामको टोलीमा आयोगका सदस्यसचिव प्रा.डा. देवराज अधिकारीसहित केदारप्रसाद आचार्य, राममणि गौतम, डम्बरलाल श्रेष्ठ, उषा खकुराल, कपिल रिसाल, दुलराज चिमोरिया, विरोद भट्टराई, उषा पोखरेल र शिक्षा मन्त्रालयका उपसचिव रमेश मैनाली टोलीमा छन् । अधिकृत रमेशप्रसाद अधिकारी आन्तरिक कारबाहीमा परेकाले भ्रमणमा सहभागी हुन पाएनन् ।

त्यसैगरी चीन जाने टोलीमा आयोगका अध्यक्ष प्रा.डा. भीम सुवेदी, बोर्ड सदस्यहरू गोविन्द आचार्य, विकास अधिकारी, चन्द्रकला घिमिरे र पिके झा, आयोगका पदेन सदस्य त्रिभुवन विश्वविद्यालय उपकुलपति प्रा।डा। तीर्थ खनियाँ र कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. ईश्वरीप्रसाद ढकाल छन् । आयोगका कर्मचारी देवेन्द्र रावल पनि टोलीमा परेका छन् ।

भियतनाम जाने टोली आइतबार बेलुकी उड्दै छ भने चीन जाने टोली २६ असारमा जानेछ । स्रोतका अनुसार विदेश भ्रमणका लागि ५० लाख बजेट विनियोजन गरेका छन् । सदस्यसचिव अधिकारीको टोलीले कोरिया भ्रमण गर्ने योजना बनाए पनि नमिलेपछि भियतनामको भ्रमण तय गरेको हो । आयोगका प्रशासकीय प्रमुख सुवास ढुंगेलबाहेक सबै अधिकृतस्तरका कर्मचारी भियतनाम जाँदै छन् ।

आयोगबाटै निर्णय गरेर एक्सपोजर भिजिटका नाममा उनीहरूले भ्रमण गर्न लागेका हुन् । आयोगको कार्यक्रम कार्यविधिमा सार्क मुलुकभित्रको एक्सपोजर भिजिटमा जान सक्ने उल्लेख छ । तर, उनीहरू अहिले आसियन मुलुक जान लागेका छन् । चीनमा हुने कार्यक्रम दुई दिनको छ, तर भ्रमणको कार्यक्रम सात दिनको छ । भियतनाम जाने टोलीले आठ दिनको भ्रमण तय गरेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।