८ पुष २०८२, मंगलवार
,
Latest
कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस अपाङ्गता भएका व्यक्ति नसमेटिएको अध्यादेश सच्याउन माग पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा बाढीको खतरा यथावत, ८० लाख भन्दा बढी सर्वसाधारण विस्थापित



अ+ अ-

नयाँ दिल्ली । भारतको कैयौ भागमा बाढी खतरा अझै यथावत रहेको छ । यद्यपी भारतको पूर्वी राज्य विहार र उत्तरपूर्वी राज्य आसाम र उत्तर प्रदेशका केही भागहरु बाढीको यस प्रकोपबाट बढी प्रभावित भएको छ ।

मनसुनी वर्षा त्यसपछिको बाढीको कारणले पछिल्ला केही दिनमा भारतमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ सय पुगेको छ । सो प्रकोपको कारण ८० लाख भन्दा बढी व्यक्ति बाढी प्रभावित क्षेत्रबाट विस्थापित भएका सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रभावित व्यक्तिहरुको लागि राज्य सरकारका प्रतिनिधिहरुले खानेकुरा, लत्ताकपडा र औषधीलयायत अन्य आवश्यक सामाग्रीहरु प्रवन्ध मिलाएको बताइएको छ ।हालै बिहारमा आएको बाढीको प्रमुख कारण अबिरल रुपमा परेको मौसमी वर्षा भएको बताइएको छ । यस वर्षाको कारण नेपालको कैयौ इलाकासमेत जलमग्न भएको थियो ।

बिहारमा यस प्रकोपको कारण ३३ व्यक्तिको मृत्यु हुनुको साथै करिब २७ लाख व्यक्ति प्रभावित भएका बिहार प्रकोप व्यवस्थापन विभागले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत जानकारी दिएको बताइएको छ ।
बिहारको सितामढी राज्यमा एघार व्यक्तिको मृत्यु भएको यो सङ्ख्या अन्य इलाकामा भन्दा उच्च रहेको बताइएको छ । यद्यपी सञ्चार माध्यामका अनुसार बिहारमा मात्र ७० व्यक्तिको मृत्यु भएको जनाइएको छ ।
दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको यसअघि नै प्राप्त समाचारमा जनाइएको थियो । मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको थियो ।

त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् । ती देशमा पनि रेडक्रसको अन्तरराष्ट्रिय महासंघले उद्धारकार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ ।