८ आश्विन २०८१, मंगलवार
,
Latest
लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित) फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो परीक्षामा एआईको प्रयोग गरेकोमा परीक्षा रद्द हुने जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम जलवायु परिवर्तनका असर न्युनिकरण गर्न तीन तहका सरकारबीच समन्वय जरुरी: मुख्यमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोकिएन टिप्पर आंतक, एक जनाको मृत्यु



अ+ अ-

सप्तरी । रुपनी गाउँपालिकामा टिपरको ठक्करले आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ । वडा नं– १ स्थित रुपनी–राजविराज सडकखण्डमा टिपरको ठक्करले घाइते मोटरसाइकल चालक ४५ वर्षीय महेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको बा ४ख ५५४२ नं को टिपरले राजविराजबाट रुपनीतर्फ जाँदै गरेको स ९प ७९१८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मण्डल गम्भीर घाइते भएका थिए । टाउको र खुट्टामा चोट लागि उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना भएका मण्डलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताउनुभयो ।

यस्तै नवलपरासी पूर्व नवलपुरमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका–१७, निवासी ६८ वर्षीय बुद्धिबहादुर थापाको सर्पको डसाइबाट मृत्यु भएको हो । सर्पले डसेको थाहा नपाउँदा विषको असर शरीरमा देखिएपछि मात्र थापालाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।

उपचारका लागि कालीगण्डकी अस्पताल कावासोतीमा ल्याइएकामा चिकित्सिकले मृत घोषणा गरेका थिए । थापालाई बिहान साढे ५ बजेको समयमा घरमा सर्पले डसेको हुनसक्ने परिवारले जनाएको छ । त्यसको एक घण्टापछि विषको असर देखिएपछि मात्र सर्पले डसेको आशङ्का गरी अस्पताल ल्याइएको थियो ।

गर्मी मौसम र अहिले पानी परेका कारण जमीनमुनि लुकेर बसेका सर्पहरु बाहिर आउने हुँदा विशेष सावधानी अपनाउनुपर्ने कालीगण्डकी अस्पतालका सर्पदंश चिकित्सिक डा छविलाल थापाले बताउनुभयो ।

यता भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको छ ।

तीनतले घरको छतमा चिप्लिएर लडेपछि उपचारका लागि भक्तपुर अस्पताल लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि भक्तपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।