१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घटना हुनुभन्दा चार दिनअघि विप्लबका कार्यकर्ता किन भने कसलाई के थाहा ?



अ+ अ-

कैलाली । बिहीबार साँझ धनगढीमा बम विस्फोट हुँदा ज्यान गुमाएका राम सिंहले जीवनका बारेमा फेसबुकमा मार्मीक स्टाटस लेखेका रहेछन् । बझाङको जयपृथ्वी नगरपालिका–१, कैलाशपिमी घर भएका सिंह उपचारका क्रममा बिहीबार राति धनगढीको माया मेट्रो अस्पतालमा उनको ज्यान गएको थियो ।

प्रहीका अनुसार विस्फोटमा परि ज्यान गुमाएका सिंहको साथबाट मोबाइल र तीन ओटा सिम पनि प्रहरीले बरामद गरेको छ । उनको साथबाट ‘रिमोट टेस्टर’ लगायतका सामग्री पनि फेला परेको छ । विस्फोटक पदार्थ बोकेर हिँड्नुको प्रयोजन अझै खुलेको छैन ।

२७ वर्षीय सिंहले आफ्नो फेसबुक वालमा घटना हुनुभन्दा चार दिनअघि फेसबुकमा लेखेको स्टाटस उनको वास्तविक जीवनसँग मेल खाएको छ । गएको २९ गते उनले लेखेको स्टाटस यस्तो छ– ‘यो आकाशको उचाइ कति छ भनेर कसलाई के थाहा ? मेरो जिन्दगीको आयु कति छ भनेर मलाई के थाहा ? फेसबुकमा रहेका सबै साथीलाई न्यायो माया ।’