१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

महिलामा विषादीको उच्च सङ्क्रमण

महिलामा विषादीको उच्च सङ्क्रमण
अ अ+ अ-

काठमाडौं । नेपालका २० देखि २९ वर्ष उमेर समूहका महिलामा विषादीको बढी सङ्क्रमण देखिएको छ । तरकारी, फलफूल, खोर, गोठलगायत विभिन्न क्षेत्रमा बढी नै महिलाले काम गर्ने तर यी वस्तुमा विषादीको प्रयोग गर्दा कुनै सावधानी नअपनाउने गरेका कारण महिलामा बढी विषादीको सङ्क्रमण देखिएको हो ।

नेपालका ३२.५८ प्रतिशत महिलामा विषादीको सङ्क्रमण देखिएको कृषि तथा पशुपक्षी मन्त्रालय, बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

“नेपालका महिलाले विषादीको प्रयोग गर्दा कमै मात्रामा मास्क, पञ्जा, गाउन, एप्रोन, बुथ र चस्मा लगाउने गरेका छन्”, शर्माले भन्नुभयो, “धेरैजसो महिलाले चुरोट खाएर नाङ्गो हातले विषादी प्रयोग गर्दा उनीहरु बढी विषादी सङ्क्रमणका सिकार हुन पुगेका हुन् ।” नेपालले पहिलो पटक मालाथिन नामक विषादीको प्रयोग सन् १९९० देखि शुरु गरिएको थियो । टाउकाको जुम्रा र कोठाभित्रको उपियाँ मार्न जथाभावी मालाथिनको प्रयोग भएसँगै पुरुषको तुलनामा महिलाको स्वास्थ्य उच्च जोखिममा भेटिएको शर्माले बताउनुभयो ।

नेपालीमा विषादी प्रयोग भएको अवधि पूरा नभई तरकारी र फलफूल टिपी व्यापार गर्ने तथा समय नपुगी गोठ र खोरमा छिर्ने परम्परा भएकाले विषादीको सङ्क्रमण बढेको हो ।

नेपालका ६० प्रतिशत किसानले एग्रोभेटमा गएर मनलाग्दी तरिकाले विषादी खरीद गरी प्रयोग गर्ने तथा गोलभेडा वा भण्टा व्यापार गर्नुपूर्व टलक्क चम्काउन विषादीमा डुबाएर ल्याउने कुरा सुन्नुभएका शर्माले यसो नगर्न किसानलाई आग्रह गर्नुभयो ।

सरकारसँग विभिन्न एग्रोभेटबाट समय नाघेर जफत गरेको विषादी भण्डारण गर्ने स्थानको अभाव रहँदा पुनः प्रयोग हुन पुगेको नास्टका वरिष्ठ वैज्ञानिक सर्जनलाल स्यायूलाले बताउनुभयो । “सरकारले मिति नाघेका नेपालमा भित्रिने यस्ता विषादी भण्डारण गर्न एक व्यवस्थित विषादी भण्डारण कक्षको व्यवस्था गर्नुपर्ने देखिन्छ”, स्यायूलाले भन्नुभयो, “नेपालमा आयात हुने ८५ प्रतिशत विषादी तरकारीमा प्रयोग हुने गरेका छन् । तरकारीमा प्रयोग भएका यी विषादी न्यूनीकरण गर्न हलुका तातोपानीमा नुन हालेर केही घण्टा डुबाएर पकाउँदा सङ्क्रमण घट्नेछ ।”

तरकारी वा फलफूल उत्पादन गर्दा प्रयोग गरेको विषादीले मान्छेलाई कुनै असर गर्दैन तर जथाभावी प्रयोग गर्दा वा प्रयोग गर्न नजान्दा यसले मानिसमा असर गर्ने गरेको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०का कीट विज्ञान महाशाखा प्रमुख सुनिल अर्यालले जानकारी दिनुभयो । सरकारले नेपालमा उत्पादन हुने जडीबुटी, वनमारा, तीतेपाती र नीमलाई विषादीका रुपमा प्रयोग गर्ने प्रविधि भित्र्याउन आवश्यक रहेको अर्यालको भनाइ छ ।

बाली संरक्षण निर्देशनालयको तथ्याङ्कानुसार नेपालका तरकारी वा फलफूलमा अन्य देशको तुलनामा कम विषादीको प्रयोग हुने, विषादी हालिएको भाँडा धोएर सामान राख्ने गर्दा त्यसबाट सङ्क्रमण बढ्ने, आत्महत्या गर्दा विषादीलाई माध्यम बनाई मृत्युवरण गरेको, ७० प्रतिशत कृषकले बाली वा तरकारीको किरा मार्न मात्राभन्दा बढी विषादी प्रयोग गर्दा त्यसको सङ्क्रमणले टाउको दुख्ने, आँखा पोल्ने, बान्ता हुनेलगायत मुटु, मिर्गौला र अर्बुदरोग बढेको देखिन्छ । नेपालमा आयात हुने विषादीमध्ये २१ प्रकारका विषादी सरकारले प्रतिबन्ध गरिसकेको छ । नेपालको तराईमा रहेका किसानले बाली उत्पादन गर्न सबैभन्दा बढी विषादीको प्रयोग गर्ने गरेको जानकार बताउँछन् ।