• ४ असार २०८१, मंगलवार
  •      Tue Jun 18 2024
  •   Unicode
Logo
Latest
★   कार्यकर्तालाई बाड्न सरकारले ५५ अर्ब भन्दा बढी बजेट एक करोड भन्दा तलका आयोजनामा राख्यो: डा.महत ★   म एक्लैले सबैको ठाउँमा खेल्न सक्दिन, हामी व्यक्तिको कारण नभई टोलीको रूपमा हार्यौं: बाबर आजम ★   पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी ★   प्रधानमन्त्रीले नैतिकताको आधारमा पदमा बसिरहन मिल्दैन: प्रभु साह ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ: अब्दुल खान ★   अध्यक्ष ठाकुरको प्रश्न: जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा छैन, मधेसी नेतामाथि मुद्दा किन ? ★   सहकारी मन्त्रालयको ‘ब्रिफिङ’: दुई सहकारीले रकम फिर्ता गरिसक्यो ★   गोसाइँकुण्डमा गङ्गादशहरा स्नान गर्ने बढे ★   शिक्षामा दलिय राजनीतिकरण अन्त्य गरेरै छोड्छु: शिक्षामन्त्री श्रेष्ठ ★   नेपाल–चीनका विश्वविद्यालयबीच सम्बन्ध विस्तारमा शैक्षिक मेला उपयोगी हुने परराष्ट्रमन्त्रीको विश्वास

रअ टोलीको व्यस्त कार्यक्रमः देउवा गए भेट्न, प्रचण्डलाई आए भेट्न



काठमाडौं । नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्तामा व्यस्त रह्यो ।

रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता ग¥यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको हो ।

रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा जुटेको थियो । भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुग्नुभएको थियो भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुग्नुभएका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिनुभएको थियो । देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा। अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी रहनु भएको बताइएको छ । रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो । सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको हो ।
रअ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ ।

देउवासँगको भेटवार्ता अघि राष्ट्रिय जनता पार्टी ९राजपा०का अध्यक्ष मण्डलका पदाधिकारी हायल होटल पुगेर रअ अधिकारीसँग सामुहिक भेटघाट गरेका थिए । गोयल नेतृत्वको टोलीमा रअको तर्फबाट नेपाल डेक्स नियाल्ने अरुण जैन, सोही संस्थाका उच्च अधिकारी शशीभूषण सिंह, भारतीय मन्त्रिपरिषद् नियाल्ने एक सचिव समेत सहभागी रहनु भएको छ ।

सोमबार विहान खुमलटार पुगेको रअ टोलीले नेकपा अध्यक्ष प्रचण्ड निवासमा साढे दुई घन्टा भन्दा बढी समय विताएको छ । विहान साढे आठ बजे शुरु भएको भेटवार्ता १० बजेर ५० मिनेटसम्म चलेको दूतावास स्रोतले जनाएको छ । सत्तारुढ दलभित्र सत्ता नेतृत्व हेरफेर हुने वहस चलिरहेका बेलाको यो भेटवार्तालाई नेकपा पदाधिकारीले अर्थपूर्ण रुपमा लिएका छन् ।

नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले प्रचण्डलगायत अन्य नेतालाई भेटेर फर्किएको एक महिना बित्न नपाउँदै भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको नेकपाका एक नेताले नेपाल समाचारपत्रलाई बताए ।

यसैबीच रअ टोलीले सोमबार अपरान्ह प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिका सभापतिसँग पनि सामूहिक भेटवार्ता गरेको छ । दुवै संसदका सबै समिति सभापतिलाई डिनर सहितको भेटवार्तामा बोलाइए पनि शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती र महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाल भने व्यस्तताको कारण जनाउँदै सो जमघटमा सहभागी हुनुभएन ।

अनुपस्थित हुनुपर्ने कारणबारे सोधिएको जिज्ञासामा सभापति पालले भन्नुभयो– ‘न भारतीय स्वतत्रता दिवस, न त गणतन्त्र दिवस त्यसैले बिनाप्रसङ्ग दूतावास जान उचित लागेन ।’

उहाँका अनुसार सोमबारको जमघटका लागि दूतावासले डेढ साता अघि नै निम्तो पठाइएको थियो । सो जमघटमा सत्तारुढ दलकी सांसद पम्फा भुसाल, कांग्रेस नेता बालकृष्ण खाँडलगायका अन्य केही सांसद पनि सहभागी हुनुभएको दूतावासले जनाएको छ ।

‘मिसन पूरा भएकोले’ रअ टोली फिर्ता
पाँच दिनको भ्रमणका लागि नेपाल आएको टोली आकस्मिक रुपमा भ्रमण अवधि छोट्याएर सोमबार साँझ दिल्ली फर्किएको छ ।

समिति सभापतिहरुसँगको भेटवार्तालगत्तै रअ प्रमुख गोयल सहितका अधिकारी दूतावासबाट बाहिरिनु भएको थियो । दूतावासबाट हायात होटल पुगेको टोली त्यसलगत्तै साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको सुरक्षा निकायको उच्च स्रोतले जनाएको छ ।

सोमबारै फर्किनुको कारणमा स्रोतले भन्यो, ‘मिसन पूरा भएकोले थप बसिरहनु आवश्यक भएन ।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।