८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बर्षाका साथसाथै बाढीको खतरा, सतर्क रहन मौसमविदको आग्रह



अ+ अ-

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख तथा मझौला नदीहरुमा पानीको बहाब बढने क्रममा रहेको जानकारी दिएको छ ।

मंगलबार बिहानको मापन अनुसार खासगरी कन्काई, कमला, बागमती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्ने र केही शाखा नदीमा बहाव खतरा तहसम्म पुग्ने मौसमविदले बताएका छन् ।

नेपाल बाढी मापन सूचना केन्द्रले तिनाउको माथिल्लो तटीय क्षेत्रमा जल सतहले खतराको तह पार गरेको र जल सतह बढ्दो क्रममा रहेको जानकारी गराएको हो ।

केन्द्रले बिहान ६ बजे सूचना जारी गर्दै बुटवलभन्दा तल्लो तटीय क्षेत्रका नदी किनारका बासिन्दालाई बेलुकासम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

मौसम पूर्वानुमान महाशाखाले देशको पूर्वी र मध्य भु–भागमा पुर्ण बदली हुनुका साथै बर्षाको सम्भावना रहेको जनाएको छ ।

मंगलबार जारी सूचनामा मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य र पश्चिमका केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ ।