१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

सिरियाको इड्लिबमा सरकारी सेनाको हवाई आक्रमण, मारिनेको संख्या ५० पुग्यो

सिरियाको इड्लिबमा सरकारी सेनाको हवाई आक्रमण,  मारिनेको संख्या ५० पुग्यो
अ अ+ अ-

काठमाडौं । सिरियाको विद्रोही नियन्त्रित उत्तरी प्रान्त इड्लिबमा रूसी सहयोगप्राप्त सिरियाली सेनाले केही हप्तायताकै सबैभन्दा भीषण हवाई हमला गरेको सिरियाली अधिकारकर्मीहरूले बताएका छन् ।उनीहरूका अनुसार इड्लिबका दक्षिणी भाग तथा हामा प्रान्तसँगको सीमावर्ती क्षेत्रलाई निशाना बनाइएको छ ।

इड्लिबमा प्रान्तको मारात अल–नुमानस्थित व्यस्त तरकारी बजारमा आक्रमण हुँदा ३६ जना नागरिकको मृत्यु भएको र अन्य दुई अज्ञात व्यक्ति मारिएका हुन् । एएफपीको फोटोग्राफरलाई उल्लेख गर्दै बजारबाट रगताम्य मानिसलाई उद्धारकर्मीले उद्धार गरिरहेको जनाइएको छ ।

त्यसैगरी सोमबार नै इड्लिबका अन्य क्षेत्रमा सरकारी सेनाको आक्रमणमा १२ जना नागरिक मारिएको बेलायत आधारित सिरियन अब्जरभेटोरी फर ह्युमन राईट्स (एसओएचआर)ले जनाएको छ ।

उक्त आक्रमणपछि सिरियाली सरकारी सञ्चारमाध्यमले उत्तरी हामा प्रान्तस्थित जोउरिन गाउँ विद्रोहीले बन्द गर्ने क्रममा ७ जना नागरिक मारिएको जनाएको छ ।


अभियानकर्मीले सहरबाट कालो धुवा निस्किएको र मानिसहरु सहयोग माग्दै बाटोमा दैडिरहेका जनाएका छन् । शवहरु सडकमा लडिरहेका थिए । स्थानीय अस्पतालका प्रमुख रद्वान शर्दुपले जलेका शरीर त्रासपूर्ण अवस्था रहेको बताए ।उक्त घटनामा परी सेतो हेलिमेट लगाउने उद्धार समूहका स्वयम्सेवक पनि मारिएको जनाइएको छ ।

त्यस क्षेत्रमा रुसी सहयोगमा सरकारी सेनाले दैनिक आक्रमण गरी विद्रोहीलाई तुर्किस सीमातर्फ धकेल्दै आएको छ ।