२७ भाद्र २०८३, शनिबार
,
Latest
पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर शहरको भान्सामा पुग्छ भोजपुरको ‘अकबरे खुर्सानी’ बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण बर्दिया डुबानमा, सतर्क रहन आग्रह



अ+ अ-

बर्दिया । मंगलबार देखिको अविरल वर्षाले बासगढी नगरपालिका—३ खल्ला बस्तीका ४० घर डुबानमा परेका छन् । डुबानले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

वर्षाका कारण बर्दियाबाट बग्ने बबई नदीमा जलस्तर बढ्दै गएको छ । जलस्तर बढ्दै जाँदा तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । बबईको जलस्तर बुधबार बिहान ७ बजेसम्म ५ दशमलव १४ पुगेको छ । बबईमा जलस्तर ६ पुगे बाढी आउने गर्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारसम्म भारी वर्षा हुने चेतावनी दिएको छ । स्थानीय प्रशासनले बबई नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आव्हान गरेको छ । दाङमा पानी नरोकिएकोले बबईमा जलस्तर बढ्दै जाने खतरा भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जनाए । ‘तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन सर्तक गराएका छौं,’ उनले भने,‘केही बेरमा तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन साइरन बजाउने तयारीमा लागेका छौं ।,’

बबई नदी दाङ हुँदै बर्दियाबाट भारतीय सीमा पुग्ने गरेको छ । दाङमा भारी वर्षा हुदाँ बर्दियामा बाढी आउने गर्छ । बबईमा जलस्तर बढ्ने क्रममा भए पनि कर्णाली नदीमा जलस्तर स्थिर रहेको जिल्ला आपातकालीन सूचना व्यवस्थापन कार्य सञ्चालन केन्द्रका अधिकृत रुपन ज्ञवालीले बताए ।

दाङ लगायत पहाडी जिल्लामा वर्षा भइरहेकोले बबई नदीमा जलस्तर बढ्ने खतरा बढेको हो । बाढीको जोखिम आकलन गर्दै सेना, प्रहरी लगायत सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न स्थानीय प्रशासनले निर्देशन दिएको समाचार कान्तिपुरमा प्रकाशित छ ।