१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटको सबगढा लच्का पुनः डुबानमा, आवतजावतमा समस्या



अ+ अ-

रौतहट । लगातारको वर्षापछि गौर नगरपालिकाको सबगढा चौकस्थित लच्का फेरि डुबानमा परेको छ ।

लच्कामा आवतजावतमा समस्या भइरहेको छ । त्यहाँ नेपाल प्रहरी सशस्त्र र नेपाली सेनाले डोरी लगाएर स्थानीयलाई वारपार गराइरहेका छन् । साना सवारीहरु सदरमुकाम जान सकेको छैनन् ।

गत असारको अन्तिम सातामा परेको वर्षा पछि लालबकैया र वाग्मती नदीको बाढीले जिल्लाको ८० प्रतिशत भू(भाग डुबानमा पारेको थियो । झण्डै २० हजार घर परिवार विस्थापित भएको थियो ।