१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

भोजपुर । भोजपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको दक्षिण रामप्रसाद राई गाउँपालिका ६, बैकुण्ठेमा ४ वर्षिय प्रमिश थापाको पोखरीमा डुबेर मृत्यू भएको प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी जानकारी दिएका छन् ।

राजवंशीका अनुसार गाईबस्तुलाई पानी खुवाउने पोखरीमा खेल्ने क्रममा ती बालकको डुबेर मृत्यु भएको हो । बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ ।