१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोबाइलमा गेम खेलिरहेका एक किशोरको करेन्ट लागेर ज्यान गयो



अ+ अ-

मोरङ । मोरङ लेटाङ नगरपालिकामा बुधबार मोबाइलमा गेम खेलिरहेका एक किशोरको करेन्ट लागेर ज्यान गएको छ। लेटाङ—३ त्रिशूली चोकका पदमबहादुर राईका १५ वर्षीय छोरा शौजन राईको गएराति सवा १ बजेतिर मृत्यु भएको हो ।

चार्जमा राखेको मोबाइलबाट करेन्ट लाग्दा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकाका डीएसपी राजकुमार खिइजुले जानकारी दिए ।

सौजन बुधबार राति साथी सुरज राईको घरमा सुत्न गएका थिए । दुबैजना एउटै खाटमा सुतेका थिए । खाटको छेउमा सुतेका सौजनलाई मोवाइल चार्जमा राखेर गेम खेल्ने क्रममा एक्कासी करेन्ट लागेको थियो ।

प्रहरीले यस घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।