९ आश्विन २०८१, बुधबार
,
Latest
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

साइबर अपराध चुनौतीपूर्ण बन्दै



अ+ अ-

चितवन । पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् ।

अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो अवसरमा जानकारी दिइएको थियो । महिला तथा बालबालिकालाई अपराधमा सामेल गर्न सजिलो हुने भएकाले अपराधीले उनीहरुलाई रोज्ने गरेको ब्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिनुभयो ।

उक्त विषयमा कार्यपत्र प्रस्तोता उहाँले ब्यूरोमा एक हजार ४९८ सामाजिक सञ्जाल ९फेसबुक० बाट गरिएका अपराधका सम्बन्धमा उजुरी परेको बताउनुभयो । उजुरी परेसँगै अनुसन्धानका कठिनाइ भएपनि कतिपयमा उजरीमा सफलतासमेत मिलेको उहाँको भनाइ थियो ।

प्राय कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई सामाजिक सञ्जाल प्रयोग गरी सहजरुपमा फसाउने गरेको उहाँले बताउनुभयो । सामाजिक सञ्जालमार्फत चरित्र हत्या, ठगी, बेचबेखिन, फिरौती, धम्की, तस्करीलगायत अपराध हुने गरेको अर्यालले जानकारी दिनुभयो ।

अहिले नेपालमा ६३ प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको र तीमध्ये ९८ प्रतिशतले मोबाइलको प्रयोग गर्ने गरेको कार्यक्रममा जानकारी दिइएको थियो । सामाजिक सञ्जालको सही सदुपयोग गर्न नजान्दा आपराधिक क्रियाकलाप बढ्दै गएको पनि उहाँले जानकारी दिनुभयो ।

हेटाँैडास्थित प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले साइबर अपराध प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो । सो अवसरमा सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मिना खरेलले प्रविधिको सही सदुपयोग गर्न नजान्दा समस्या बढ्दै गएको बताउनुभयो ।

चितवन जिल्ला प्रहरी काार्यलयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले समाजमा रहेका अपराधी पहिचान गरेर अपराध न्यूनीकरणका लागि नागरिक र प्रहरीबीच हातेमालो गर्नु जरुरी रहेको बताउनुभयो ।