१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा १२ वर्षीय बालकले गरे आत्महत्या



अ+ अ-

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुमा एक १२ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार स्थानीय राजु खतिवडाका १२ वर्षीय छोरा सन्देश खतिवडाले आफ्नै घरको दोस्रो तलामा काठको दलिनमा झुण्डिएर आत्महत्या गरेका हुन्।

टाईले घाँटीमा पासो लगाई बुधबार बेलुका झुण्डिरहेको अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ । झुण्डिरहेको अवस्थामा उनका बुवाले देखेपछि अस्पताल पुर्‍याइएका सन्देशलाई चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

पोस्टमार्टमपछि शव आफन्तलाई बुझाएको भक्तपुर प्रहरीले जनाएको छ।