१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काम लगाइदिन्छु भन्दै किशोरीलाई यौनधन्दा गराएको अभियोगमा दुई जना पक्राउ



अ+ अ-

सुनसरी । होटलमा काम लगाइदिन्छु भन्दै लोभलालचमा पारेर दुई किशोरीलाई यौनधन्दा गराएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ बेलबारी बस्ने २१ वर्षीया र सुनसरी ईटहरी बस्ने १७ वर्षीया किशोरीलाई ईटहरी उपमहानगरपालिका–६ स्थित होटलमा काम लगाइदिन्छु भन्दै यौनधन्दा गराउँदै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्रमउ पर्नेमा पाँचथर फिदिम फलैचा–८ बस्ने ३० वर्षीया बिनु सुब्बा र महोत्तरी बर्दिबास नगरपालिका–१२ बस्ने २९ वर्षीय सरोज कार्की रहेका छन् ।

प्रलोभनमा पारी यौनधन्दा गराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।