५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको उच्चस्तरीय टोली चीनको भ्रमणमा जाँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको उच्चस्तरीय टोली चीनको भ्रमणमा जाँदैछ। उपाध्यक्ष बिष्णु पौडेलको नेतृत्वमा चार सदस्यीय टोली सोमबार बिहान चीन जान लागेको हो । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल हुनुहुन्छ । प्रतिनिधिमण्डल चैत १४ गते स्वदेश फर्किने कार्यक्रम छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय बिभागको निमन्त्रणमा चीन जाने लागेको टोलीले बिभागका प्रमुख प्रमुख सोङ ताओ सहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा  दुई देश बीचको सम्बन्ध , दुई पार्टीको सम्बन्ध , नेपालको गरिबी निबारणमा चिनको सहयोग र सुझाब  लगायताका बिषयमा छलफल हुने स्रोतले जनाएको छ ।  

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणको पूर्वसध्यामा एमालेको उच्चस्तरीय भ्रमण हुन लागेको हो।विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा विसं २०७६ मा नेपाल र चीनबीच भएको १९ वटा सहमति तथा सम्झौताका अबस्थाको बारेमा छलफल हुने जनाईएको छ ।

 चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच १९ वटा सहमति तथा सम्झौता भएको थियो । तिनै सहमति र सम्झौताबारे के कति प्रगति भयो भन्नेबारे छलफल गर्न विदेशमन्त्री यीको भ्रमण हुन लागेको स्रोतले बताएको छ । नेपाल सरकारले नेपाल र चीनबीच सीमा समस्या रहेको सार्वजनिकरुपमै कुरा उठाएपछि विदेशमन्त्रीको भ्रमणका क्रममा सो विषयमा पनि छलफल हुने  स्रोतले जनाएको छ ।

दुई मुलुकबीच चीन–नेपाल सीमा वारपार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययन, सीमा सुरक्षा उपकरण तथा कार्यालय उपकरण, सीमा व्यवस्थापन प्रणाली जस्ता विषयमा सहमति तथा सम्झौता भएको थियो ।भ्रमणका क्रममा विदेशमन्त्री वाङ यी राष्ट्रपति बिद्यादेबी भण्डारी , प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुखदलका शिर्षनेताहरु लाई पनि भेट गर्ने स्रोतले जनायो ।