७ पुष २०८२, सोमबार
,
Latest
नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चाको मृत्यु भएको विषयलाई लिएर ग्राण्डीमा प्रदर्शन



अ+ अ-

काठमाडौं । उपचारका क्रममा बच्चाको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरेका छन् ।

गोल्फुटारकी निशा तामाङले २० असारमा जुम्ल्याह बच्चा जन्माएकी थिइन्, जसमध्ये एकको साउन ६ गते मृत्यु भएको छ ।

अस्पतालले इन्फेक्शनको कारणले बच्चाको मृत्यु भएको बताएको छ तर परिवार यसलाई मान्न तयार छैन ।चिकित्सकको लापरवाहीको कारण बच्चाको मृत्यु भएको परिवारको दाबी छ ।

सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाका लागि एनआइसीयूमा राखेको र डाक्टर र नर्सको लापरवाहीको कारण मृत्यु भएको निशाका श्रीमान् दोर्जेको आरोप छ ।

उनीहरूले बच्चाको मृत्युबारे छानविन गर्न अस्पताललाई आग्रह गरेका थिए तर, सुनुवाइ नभएका कारणा आन्दोलन गर्न बाध्य भएको दोर्जेले बताए ।

दोर्जेकाअनुसार एउटा बच्चाको मृत्यु भएपछि उनीहरुले अर्को बच्चालाई इशान बाल अस्पताल पुर्‍याएका थिए ।