११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो

धितोपत्र बजारः नेप्से परिसूचक ओरालो
अ अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज करिब १० अङ्कले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ९.३६ अङ्कले घटेर एक हजार २४५.७३ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक १.९१ अङ्कले घटेर २६९.१० मा पुगेको छ । स्टकका अनुसार कुल १६९ कम्पनीका १४ लाख ४९ हजार ६९७ कित्ता शेयर रु ५४ करोड सात लाख ५५ हजार १८२ मूल्यमा खरिदबिक्री भए ।

कारोबार भएका १२ वटै उपसमूहको शेयर आज ओरालो लागेको छ । बैंकिङ ९.३६, व्यापार १.६९, होटल २५.८८, विकास बैंक ५.२१, जलविद्युत् ६.८३, वित्त ४.७४, निर्जीवन बीमा ४०.९७, उत्पादन ३०.६४, अन्य १.६, लघुवित्त २१.०९, जीवन बीमा ६.११ र सामूहिक लगानी कोष ०.०९ अङ्कले ओरालो लागेको छ । कारोबार रकमका आधारमा आज कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो ।

सो बैंकको रु आठ करोड ५४ लाख ४१ हजार ३६८ बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु चार करोड १६ लाख १० हजार ६०१, एनआइसी एसिया रु एक करोड ९६ लाख नौ हजार ८०९, प्रभू बैंक रु एक करोड ३१ लाख ५२ हजार ६७१, लुम्बिनी विकास बैंक रु एक करोड १८ लाख तीन हजार ३९९ र सिद्धार्थ बैंक लिमिटेडको रु एक करोड पाँच लाख ४० हजार १५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै नेपाल बैंक लिमिटेड रु चार करोड १६ लाख १० हजार ६०१, एनआइसी एसिया रु एक करोड ९६ लाख नौ हजार ८०९, प्रभू बैंक रु एक करोड ३१ लाख ५२ हजार ६७१, लुम्बिनी विकास बैंक रु एक करोड १८ लाख तीन हजार ३९९ र सिद्धार्थ बैंक लिमिटेडको रु एक करोड पाँच लाख ४० हजार १५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबार रकमका आधारमा आज कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । सो बैंकको रु आठ करोड ५४ लाख ४१ हजार ३६८ बराबरको शेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड रु चार करोड १६ लाख १० हजार ६०१, एनआइसी एसिया रु एक करोड ९६ लाख नौ हजार ८०९, प्रभू बैंक रु एक करोड ३१ लाख ५२ हजार ६७१, लुम्बिनी विकास बैंक रु एक करोड १८ लाख तीन हजार ३९९ र सिद्धार्थ बैंक लिमिटेडको रु एक करोड पाँच लाख ४० हजार १५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज जोशी हाइड्रोपावर २.७४, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी २.६०, लक्ष्मी लघुवित्त वित्तीय संस्था २.६०, कालीका पावर कम्पनी २.३३ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.९९ प्रतिशतले कमाए ।

यस्तै सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले गुमाउँदा स्पर्श लघुवित्त वित्तीय संस्था ९.९३, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९.२१, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ८.१३, गुराँस लघुवित्त वित्तीय संस्था ७.४२ र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.४० प्रतिशतले गुमाए ।

यस्तै स्टकमा आजदेखि रसुवागढी जलविद्युत् कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीका शेयर कारोबार शुरु भएको छ । स्टकले रसुवागढीलाई शुरुवाती कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९७ रुपैयाँ २९ पैसा र अधिकतम् २९१ रुपैयाँ ८७ पैसा तोकेको थियो ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीको शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम् ९६ रुपैयाँ ३२ पैसा र अधिकतम् २८८ रुपैयाँ ९६ पैसा तोकेको थियो । ती दुवै आयोजना जनताको जलविद्युत् कार्यक्रममा समावेश छन् ।