९ आश्विन २०८१, बुधबार
,
Latest
आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरी–देवघर साइकल यात्रा



अ+ अ-

सप्तरी । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव सुदृढ गर्ने र मैथिली भाषा, साहित्य, कला, संस्कृतिमा जागरण ल्याउने उद्देश्यले आज सप्तरीबाट भारतको देवघरका लागि साइकल यात्रा शुरू गरिएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरस्थित भोलेनाथ मन्दिरबाट हिन्दूहरुको पवित्र तीर्थस्थल भारतको देवघरका लागि मैथिली अभियानीको टोलीले यात्रा आरम्भ गरेको हो । करीब तीन दर्जन साइकल यात्रीले १५ दिनमा ३३८ किलोमिटरको यात्रा तय गर्दै देवघर पुग्नेछन् ।

बाद्यवादन सामग्रीका साथ हिँडेको टोलीले मैथिली लोकगायन, परम्परा एवं शैलीको आदानप्रदान गर्नुका साथै नेपाल र भारतको विभिन्न राज्यमा बोलिने मैथिली भाषाबीचको समानताबारे ठाउँठाउँमा विचार मन्थनसमेत गर्ने मिथिला साहित्य कला प्रतिष्ठानका अध्यक्ष श्रीराम मण्डल ‘भरोसीले बताए ।

प्रतिष्ठानको आयोजना र मैथिली साहित्य परिषद्को सहयोगमा आरम्भ भएको मैथिली अभियानकर्मी सम्मिलित टोलीको यात्राले विश्वकै सरल, मिठास एवं समृद्ध मानिएको मैथिली भाषाको विषयमा थप प्रचारप्रसार गर्दै मैथिली भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा जागरण ल्याउने अपेक्षा गरिएको छ ।