७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा अटो दुर्घटना हुँदा तीनजना घाइते



अ+ अ-

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–१० लखिमा अटो दुर्घटना हुँदा तीनजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दुधौली नगरपालिका ९ का ६४ वर्षीय रेवन्त श्रेष्ठ, सोही ठाउँका ४९ वर्षीय राज भट्टराई र ५१ वर्षीय वेते सार्की घाइते भएका हुन्।

मंगलबार सिन्धुलीको डकाहाबाट दुधौलीतर्फ जाँदै गरेको अटो मोटरसाइकललाई साइड दिने क्रममा पल्टिएरको थियो । घाइतेमध्ये श्रेष्ठ र भट्टराईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (प्रहरी उपरिक्षक) चक्रबहादुर सिंहले जानकारी दिए।

श्रेष्ठको दुबै हात भाँचिएको र शरीरमा गम्भीर चोट लागेको छ भने भट्टराईको एउटा हात भाँचिनुका साथै टाउकोमा गहिरो चोट लागेको छ।

अटो र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ।