७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

२१ लाख २२ हजार सहित एक युवक पक्राउ



अ+ अ-

महोत्तरी । मङ्गलवार बिहान महोत्तरी जिल्ला मटिहानीबाट सशस्त्र प्रहरीले अवैध रुपमा २१ लाख २२ हजार सहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्रउ पर्नेमा सिमावर्ती क्षेत्र मटिहानी नगरपालिका–९ स्थित हनुमान चोक महोत्तरी गाउँपालिका–१ डाम्ही बस्ने ३५ वर्षीय सुरेन्द्र ठाकुर रहेको प्रहरीले जनाएको छ ।

ठाकुरले स्रोत नखुलेको २१ लाख २२ हजार नगद सहित मोटरसाईकल नम्बर ज ११ प १७३२ मा जलेश्वरतर्फ गइरहेको बेला हनुमान चोकमा प्रहरीले चेकजाँच गर्दा सो रकम सहित उनी पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट सुराकीको अधारमा प्रहरीले ठाकुरलाई समाएका हुन् ।ठाकुरले बोकेको रकमको स्रोत नखसनलेपछि प्रहरीले उनलाई नगदसहित सम्पत्ति शुद्धिकरण विभाग ललितपुर आजै लगिएको छ।