५ असार २०८३, शुक्रबार
,
Latest
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडिबुटी निकासीलाई सहज बनाउन संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश



अ+ अ-

काठमाडौं । जडिबुटी निकासीलाई सहज बनाउन माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको छ ।

नेपाली कांग्रेसले क्वारेन्टाइनको उचित प्रवन्ध गर्दै जडिबुटी निकासी सहज बनाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

सांसद रंगमती शाहीको यो प्रस्तावमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँण, डिला संग्रौला पन्त र प्रकाश रसाइली स्नेही समर्थक छन् ।

क्वारेन्टाइनसम्बन्धी व्यवस्थाका कारण जडिबुटी निकासीमा पनि अवरोध उत्पन्न हुने गरेको छ । अवरोधका कारण संकलित जडिबुटी खेर जाने र नेपालीको रोजगारीलाई प्रभाव पर्ने गरेकाले यसमा छलफल गर्नुपर्ने कांग्रेसको प्रस्ताव छ ।

सांसद शाहीले भनिन्, ‘क्वारेन्टाइनको समस्याका कारणले जडिबुटी निकासीमा आएको अवरोधलाई अन्त्य गर्न यसमा छलफल आवश्यक छ ।’