१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

प्रधानमन्त्रीज्यू: ‘हामी नै बाँचेनौं भने तपाईंको रेल र पानीजहाज कसले चढ्ने ?’

प्रधानमन्त्रीज्यू: ‘हामी नै बाँचेनौं भने तपाईंको रेल र पानीजहाज कसले चढ्ने ?’
अ अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाकोबुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद रंगमती शाहीले जनताहरु विषादीयुक्त तरकारी तथा फलफुल खान बाध्य भईरहेको भन्दै जनताको स्वास्थयप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

‘विषादीयुक्त तरकारी खाएपछि विरामी भइन्छ भन्ने थाहा छ । प्रधानमन्त्रीज्यू, ‘तपाईं बिरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ । हामी जनता बिरामी भए सिटामोल खान पाउँदैनौ । हामी जनता बाँचेपछि नै तपाईको रेल र पानी जहाज चढौँला । हामी नै बाँचेनौ भने तपाईको रेल र पानी जहाज कस्ले चढ्ला ? यो जनताको आवाज हो ।’ सांसद शाहीले प्रश्न गरिन् ।

बृजेश कुमार गुप्ताले बाली लगाउने समयमा किसानले मलखाद नपाएको भन्दै भविष्यमा खेतीको समयमा मल अभाव हुन नदिन पूर्व तयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद मोहन बानियाँले विशेष र सुन्य समयमा उठेका आवाजको सम्बन्धित निकायबाट जिम्मेवारीपुर्वक सुनुवाई हुनुपर्ने भन्दै सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन आग्रह पनि गरे ।

अर्की सांसद बिमला नेपालीले लोकसेवा आयोगले ९ हजारभन्दा बढी पदका लागि आव्हान गरेको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिम नभएको भन्दै संसदीय समितिले आयोगलाई नीतिगत निर्देशन गर्दा पनि सुनुवाई नभएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

‘यसले जारी असन्तुष्टीलाई मलजल पुगी अर्को द्धन्द्ध निम्तने खतरा रहेको छ’ भन्दै उनले सरकार समानुपातिक र समावेशीको विरोधी हो भनी प्रश्न गरिन् ।

भैरव बहादुर सिंहले बझाङ जिल्लाको थलरा गाउपालिकामा एक महिलाको बलात्कारपछि हत्या गर्ने प्रयास भएको भन्दै अपराधी पहिचान गरि कडा कारवाही गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

महेश बस्नेतले सुर्य विनायकदेखि धुलिखेलसम्मको सडकखण्ड ६ लेनको बनाउने र कोटेश्वरमा सुरुङमार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।

कोटेश्वर –बनेपा –सिन्धुली नेपालकै मुख्य दोश्रो नाका भएको र दैनिक २० हजार सवारी साधन सञ्चालन हुँदै आएको भन्दै उनले कोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्दै डिपिआरको प्रक्रिया अघि बढाएको भएपनि ढिलासुस्ती भइरहेकोप्रति मन्त्रीको ध्यानाकर्षण गराए ।