९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू: ‘हामी नै बाँचेनौं भने तपाईंको रेल र पानीजहाज कसले चढ्ने ?’



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाकोबुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद रंगमती शाहीले जनताहरु विषादीयुक्त तरकारी तथा फलफुल खान बाध्य भईरहेको भन्दै जनताको स्वास्थयप्रति संवेदनशील हुन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।

‘विषादीयुक्त तरकारी खाएपछि विरामी भइन्छ भन्ने थाहा छ । प्रधानमन्त्रीज्यू, ‘तपाईं बिरामी भए हामीले उठाएको करबाट विदेशमा उपचार भइहाल्छ । हामी जनता बिरामी भए सिटामोल खान पाउँदैनौ । हामी जनता बाँचेपछि नै तपाईको रेल र पानी जहाज चढौँला । हामी नै बाँचेनौ भने तपाईको रेल र पानी जहाज कस्ले चढ्ला ? यो जनताको आवाज हो ।’ सांसद शाहीले प्रश्न गरिन् ।

बृजेश कुमार गुप्ताले बाली लगाउने समयमा किसानले मलखाद नपाएको भन्दै भविष्यमा खेतीको समयमा मल अभाव हुन नदिन पूर्व तयारी गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद मोहन बानियाँले विशेष र सुन्य समयमा उठेका आवाजको सम्बन्धित निकायबाट जिम्मेवारीपुर्वक सुनुवाई हुनुपर्ने भन्दै सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउन आग्रह पनि गरे ।

अर्की सांसद बिमला नेपालीले लोकसेवा आयोगले ९ हजारभन्दा बढी पदका लागि आव्हान गरेको विज्ञापन संविधान र प्रचलित कानुन बमोजिम नभएको भन्दै संसदीय समितिले आयोगलाई नीतिगत निर्देशन गर्दा पनि सुनुवाई नभएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

‘यसले जारी असन्तुष्टीलाई मलजल पुगी अर्को द्धन्द्ध निम्तने खतरा रहेको छ’ भन्दै उनले सरकार समानुपातिक र समावेशीको विरोधी हो भनी प्रश्न गरिन् ।

भैरव बहादुर सिंहले बझाङ जिल्लाको थलरा गाउपालिकामा एक महिलाको बलात्कारपछि हत्या गर्ने प्रयास भएको भन्दै अपराधी पहिचान गरि कडा कारवाही गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए ।

महेश बस्नेतले सुर्य विनायकदेखि धुलिखेलसम्मको सडकखण्ड ६ लेनको बनाउने र कोटेश्वरमा सुरुङमार्ग निर्माण गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउन भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए ।

कोटेश्वर –बनेपा –सिन्धुली नेपालकै मुख्य दोश्रो नाका भएको र दैनिक २० हजार सवारी साधन सञ्चालन हुँदै आएको भन्दै उनले कोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्दै डिपिआरको प्रक्रिया अघि बढाएको भएपनि ढिलासुस्ती भइरहेकोप्रति मन्त्रीको ध्यानाकर्षण गराए ।