९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वायुसेवा निगममा सुधार ल्याउन कार्यदल गठन



अ+ अ-

काठमाडौं । नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुझाव दिन कार्यदल गठन गरेको छ ।बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन् भने कार्यदलका अन्य सदस्यहरुमा लेखा विज्ञका रुपमा प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल र क्याप्टेन सुधीर शम्शेर राई रहेका छन् ।

सथै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन् । गठन गरीएको कार्यदललाई एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना पेश गर्न भनिएको छ ।अन्तर्राष्ट्रियस्तरमा निगमको साख बढाउँदै व्यवसायिक क्षमतामा बृद्धि तथा आन्तरिक व्यवस्थापनका विभिन्न पक्षहरुमा तत्कालीन तथा दीर्घकालीन सुधार आवश्यक भएको मन्त्रालयको ठहर छ ।

व्यवस्थापकीय समस्याबाट निगम बाहिर निस्किन नसकेको र प्रभावकारी व्यवस्थापनका विभिन्न प्रयासहरुले गति नलिएपछि ठोस योजनासहित अघि बढ्न लागिएको मन्त्रालयले जनाएको छ । कार्यदलाई तोकिएका जिम्मेवारीमा नेपाल वायुसेवा निगमको समग्र सुधारका लागि हालसम्म भएका विभिन्न अध्ययन प्रतिवेदनको विश्लेषण गर्ने, वर्तमान वित्तीय अवस्थाको अध्ययन गर्ने, निगमको कानूनी, संस्थागत, संगठनात्मक, व्यवस्थापकीय एवं व्यवसायिक क्षमतामा रहेका समस्याहरु पहिचान तथा विश्लेषण गर्ने छन् ।

यस्तै, सबै पक्षहरुमा गर्नुपर्ने तत्कालिन र दीर्घकालीन सुधारहरुको समयबद्ध ठोस कार्ययोजना पेश गर्न तथानिगमको सुधारका लागि कार्यदलले उपयुक्त देखेका अन्य सुझावहरु दिन सक्ने भनिएको छ ।