९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौसम: मेघ गर्जनसहित बर्षा हुने पूर्वानुमान



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान देशको पूर्वी भू–भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय भएको उल्लेख गरेको छ ।

बुधबार दिउँसो देशका पूर्वी र मध्य भू–भाग, पश्चिमी भू–भागमा आंसिक देखि सामान्य बदली हुने विभागले जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। मध्य र पूर्वी नेपालका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर सामान्यतया बदली रही पूर्वी र मध्य भू–भागहरूका केही स्थानहरुमा र पश्चिमी भू-भागको एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।