२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारस्थित सुविसुको कार्यालयमा आगलागी: ट्राफिक डाइभर्ट (अपडेट)



अ+ अ-

काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ ।बुधबार मध्यान्ह उक्त कार्यालयको पेट्रोल जम्मा गरेर राखिएको ठाउँमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाईंले बताए ।

यता आगलागी भएको स्थान बालुवाटारस्थित सडकबाट नजिकै पर्छ ।सोही कारण ट्राफिक डाइभर्ट गर्नुपरेको ट्राफिकले जनाएको छ। इटालियन मोड, भाटभटेनी र गैरीधाराबाट सवारी साधनलाई डाइभर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बतायो ।यतिबेला खुर्सानीटार, भाटभटेनी हुँदै चल्ने सवारी साधन चापमा छन् ।

अहिले दमकलले आगो निभाउने कोशिस गरिरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पुगिसकेको छ। आगो फैलिँदै गरेको र मानवीय क्षति भएनभएको पुष्टि नभइसकेको उनले बताए ।