७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारस्थित सुविसुको कार्यालयमा आगलागी: ट्राफिक डाइभर्ट (अपडेट)



अ+ अ-

काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा आगलागी भएको छ ।बुधबार मध्यान्ह उक्त कार्यालयको पेट्रोल जम्मा गरेर राखिएको ठाउँमा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी फडिन्द्र प्रसाईंले बताए ।

यता आगलागी भएको स्थान बालुवाटारस्थित सडकबाट नजिकै पर्छ ।सोही कारण ट्राफिक डाइभर्ट गर्नुपरेको ट्राफिकले जनाएको छ। इटालियन मोड, भाटभटेनी र गैरीधाराबाट सवारी साधनलाई डाइभर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बतायो ।यतिबेला खुर्सानीटार, भाटभटेनी हुँदै चल्ने सवारी साधन चापमा छन् ।

अहिले दमकलले आगो निभाउने कोशिस गरिरहेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना पुगिसकेको छ। आगो फैलिँदै गरेको र मानवीय क्षति भएनभएको पुष्टि नभइसकेको उनले बताए ।