१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जमा पुरुषको शव फेला



अ+ अ-
फाइल फोटो

वीरगञ्ज । वीरगञ्जमा एकजना पुरुषको शव फेला परेको छ । वीरगञ्ज महानगरपालिका-११ स्थित सिर्सिया खोलाको छेउमा शव भेटिएको हो ।

बाँसको झ्याङमा अड्केको अवस्थामा अन्दाजी ४० वर्षका पुरुषको शव फेला परेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बाँसको झ्याङमा अड्किएको अवस्थामा शव निकालेको थियो ।

घटनास्थल तथा शव जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलाउन आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।