१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध

लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह

लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह
अ अ+ अ-

त्रिपोली । संयुक्तराष्ट्र बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षहरुलाई आग्रह गरेको छ । लिबियामा हाल राष्ट्रसंघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ ।

युनिसेफद्वारा जारी विज्ञप्तिमा लिबियाको दक्षिणीमा रहेको मुर्जुक शहरमा भएको एउटा आक्रमणमा मारिएका अधिकांश व्यक्तिहरुमा महिला र बालबालिका परेकामा खेद व्यक्त गरिएको छ । वक्तव्यमा महिला र बालबालिका समेतका निहत्था जनतामाथि कुनै पनि किसिमबाट आक्रमण नगर्न युनिसेफ युद्धरत दुबै पक्षसँग आग्रह गर्दछ भनिएको छ ।

गत आइतबार मुर्जुकमा भएको हवाई आक्रमणमा ४० जनाभन्दा बढी सर्वसाधारणको ज्यान जानुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए । लिबिया सरकारले उक्त आक्रमणको निन्दा र भत्र्सना गरेको छ । सरकारले राष्ट्रसंघलाई उक्त आक्रमणको स्वतन्त्र छानबिन गरी अपराधीहरुमाथि गम्भीर मानव अधिकार उल्लंघनको आरोपमा मुद्दा चलाउन आग्रह गरेको छ ।

लिबियाली सेनाले भने शहरमा अखडा जमाएर बसेका चाडका लडाकूलाई केन्द्रित गरेर हवाई आक्रमण गरेको जनाएको छ । सेनाले मुर्जुक शहरलाई गत फेब्रुअरीदेखि नियन्त्रणमा लिइराखेको छ ।गत अप्रिलदेखि लिबियाको त्रिपोलीलाई केन्द्र बनाएर भिषण युद्ध जारी छ । यसक्रममा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने पाँच हजार ७०० घाइते भएका छन् ।

युद्धबाट ज्यान जोगाउन करिब एक लाख २० हजार मानिस आफ्ना घर छाडेर अन्यत्र विस्थापित भएका छन् । लिबियाली संकटमा विश्व जनमत नै पूर्वी र पश्चिमी सरकारको समर्थनमा विभाजित छ ।