९ आश्विन २०८१, बुधबार
,
Latest
पूर्वसभामुख अग्नि सापकोटाको मुद्दामा अन्य आदेश उच्चस्तरीय व्यवस्थापन समूहको बैठकः साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलमा विस्फोट कम्तीमा ९५ व्यक्ति घाइते



अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार तालिबान आतङ्ककारी समूहले गराएको कारबम विस्फोटमा परी कम्तीमा ९५ व्यक्ति घाइते भएका छन् । यस भीषण कारबम आक्रमणपछि राजधानी काबुलको पश्चिमी भाग धुवाँले भरिएको जनाइएको छ ।

अफगानिस्तानमा आगामी अक्टोबर २८ हुन गइरहेको राष्ट्रपतीय निर्वाचानको अगाडी अमेरिका र तालिाबानबीच शान्ती सम्झौता हुने आशा गरिएको यस अवस्थामा पुनः भीषण कारबम विस्फोट गराइएको छ । पश्चिम काबुलमा रहेको एक प्रहरी स्टेशनको प्रवेशद्धारमा स्थानीय समयानुसार बिहान ९ बजे सो विस्फोट गराएको गृह मन्त्रालयका प्रवक्ता नुरात रहिमीले बताएका छन् ।

यस आक्रमण्मा परी घाइते भएका ९५ व्यक्तिमा प्रायः सर्वसाधारण रहेका छन् । यसमा पनि महिला र बालबालिकाको सङ्ख्या बढी रहेको जनाइएको छ । ती सबैलाई उपचारको लागि अस्पतालमा लगिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले बताएका छन् ।

आफूले अचानक एक भीषण आवाज सुनेको र आफ्नु पसलमा रहेको झ्यालका सिसाहरु सवै फुटेर सवैतिर छरिएको सो इलाकाका एक पसले अहमत सालेहले एएफपी समाचार समितिलाई बताएका् छन् । सो विस्फोट गराइएको एक किलोमिटरपर सम्मका करिब २० ओटा पुसलहरु विस्फोटबाट प्रभावित भएको जनाइएको छ ।

यस कारबम विस्फोटको जिम्मेवारी तालिबानी लडाकू समूहले लिएको छ । अफगानिस्तानमा जरी द्वन्द्वको क्रममा सन् २०१९ को जुलाईसम्म १ हजार ५०० भन्दा बढी सर्वासधारण घाइते भएका संयुक्त राष्ट्र संघले हालै जनाएको छ ।