१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध

बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु

बञ्चरेडाँडामा ‘ल्याण्डफिल साइट’ बन्न शुरु
अ अ+ अ-

–सञ्चिता घिमिरे
काठमाडौं । उपत्यकाको फोहर फाल्ने उपयुक्त स्थानका रुपमा हेरिएको ‘बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साइट’ निर्माण कार्य शुरु भएको छ । उपत्यकाभरको फोहर ५० वर्षसम्म विसर्जन गर्न मिल्ने सो स्थानमा विभिन्न संरचना निर्माणका लागि केही समय पहिले मात्रै ठेक्का सम्झौता भएको थियो ।

शहरी विकास तथा भवन निर्माण विभागले संरचना निर्माणको काम ठेकेदार कम्पनीमार्फत गराइरहेको छ । पूरै संरचना दुई चरणमा गरेर सम्पन्न गर्ने योजना रहेको विभागका वरिष्ठ डिभिजनल इञ्जिनीयर मनोज नकर्मीले बताए । पहिलो चरणको रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ मा ठेक्कामा भएर काम शुरु भएको छ ।

गत वैशाख २२ मा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई एक वर्षमा काम सम्पन्न गर्ने गरेर ठेक्का सम्झौता भएको थियो । पहिलो चरणमा आवश्यक पूर्वाधार निर्माणका काम रहेको उनले बताए । उनले भने, “ल्याडफिल साइटसम्मको सडक निर्माण, प्रयोग हुने सामग्रीको परीक्षण, सो स्थानसम्म विद्युत् विस्तारको काम शुरु भइसकेको छ ।”

वैशाखमा शुरु भएकामा गत असारसम्ममा सो स्थानमा निर्माण कार्य अघि बढाउन अस्थायी सडक निर्माण भइसकेको विभागका प्रवक्ता चन्द्रशेखर महतोले जानकारी दिए । साइट निर्माणमा प्रयोग हुने निर्माण सामग्रीमध्ये कतिपयको परीक्षण भइसकेको छ भने कतिपयको भइरहेको उनले बताए ।

ल्याडफिल साइट सञ्चालनका लागि आवश्यक पर्ने भवन निर्माणलगायत पूर्वाधार निर्माणको काम अघि बढिरहेको उनले बताए । सो स्थानमा यसअघि बिजुली नभएकाले बिजुली जडानका लागि प्रशारण लाइन विस्तार गर्न खरीद प्रक्रिया अघि बढेको बताइएको छ । ठेकेदारले आगामी असारसम्ममा पहिलो चरणको काम सम्पन्न गर्नुपर्ने उनले बताए।

उनले भने, “निर्माण कामको हामीले नियमितरुपमा अनुगमन र निरीक्षण पनि गरिरहेका छौँ ।” अहिले सिसडोल भरिसकेकाले पनि सकेसम्म चाँडो काम गरेर समयमै सम्पन्न गराउन लागिपरेको वरिष्ठ डिभिजनल इञ्जिनीयर नकर्मीले बताए । ठेक्का भएको ठाउँमा काम नियमित भइरहेको र काम रोकिने अवस्था आउनासाथ त्यसको समाधान खोजिरहेको उनको भनाई छ ।

उनले भने, “हामीले काम सम्पन्न गरेर स्थानीय तहलाई नै हस्तान्तरण गर्ने योजना छ ।” पहिलो चरणको काम भइरहँदा नै दास्रो चरणको काम अघि बढाउने योजना रहेको प्रवक्ता महतोले बताए। अहिले डिजाइन सकिएकाले तीन÷चार दिनभित्रै दोस्रो चरणको ठेक्का आह्वान हुने उनले बताए ।

दोस्रो चरणमा फोहरको सङ्कलन लगायतका पक्की संरचना निर्माणका काम हुनेछन् । अहिले दुई चरणमा काम सम्पन्न भए पनि दोस्रो चरणको काम सकिएपछि पनि तेस्रो चरणमा थप काम गर्न सकिने विषयमा छलफल भइरहेको प्रवक्ता महतोले बताउनुभयो । तेस्रो चरणमा वर्गीकरणको काम हुने बताइएको छ ।

“फोहरको परिमाण कम गर्नका लागि वर्गीकरणको काम यो चरणमा हुनेछ”, उनले भने, “बञ्चरेडाँडाभन्दा केही वर आलेटारमा वर्गीकरण हुँदा कम फोहर मात्रै ल्याडफिल साइट जान्छ ।” सो साइटको क्षमता झण्डै ५० लाख घनमिटर रहने विभागले जनाएको छ । विभागकै अनुसार अहिले दैनिक विसर्जन हुनसक्ने फोहर कुहिने, नकुहिने, पुनःप्रयोग हुनेसमेत एकै ठाउँमा हाल्दा २० र छुट्याएर पुनःप्रयोगमा नआउँदा फोहर मात्रै विसर्जन गर्दा ५० वर्षसम्मका लागि फोहर व्यवस्थापन हुनसक्ने बताइएको छ ।

काठमाडौँमा उपत्यकामा विसर्जन गर्नुपर्ने फोहरको परिमाण बढिरहँदा झण्डै एक दशक पहिले नै सिसडोलको विकल्पका रुपमा बञ्चरेडाँडालाई हेरिएको थियो । सो स्थानमा ल्याडफिल साइट निर्माणमा चासो देखाएका दुई संस्था पछि सरेसँगै कसले निर्माण गर्ने भन्ने अन्योल रहेको थियो ।

मन्त्रिपरिषद्को विसं २०७५ मङ्सिर १७ गते शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । सो मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले ठेक्का सम्झौतामार्फत काम अघि बढाएको हो ।

सिसडोलले धान्यो १३ वर्ष

विसं २०६२ देखि कामपाले सिसडोलमा फोहर विसर्जन गर्दै आएको छ । कामपापछि अरू स्थानीय तहले समेत सङ्कलित फोहर सिसडोल नै लैजाने गरेका छन् । उपत्यकाका २१ पालिकामध्ये दुई महानगरपालिका, १६ नगरपालिका र तीन गाउँपालिका छन् । त्यसमध्ये १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

काठमाडौँ महानगरपालिकाले दैनिक ३५० मेट्रिक टन फोहर आफैँ सङ्कलन गरेर सिसडोलमा व्यवस्थापन गर्दै आएको प्रमुख श्रेष्ठले जानकारी दिए । ललितपुर महानगरपालिकाले दैनिक दैनिक ४० देखि ५० मेट्रिक टन फोहर सङ्कलन गर्ने गरेको छ । दुई वर्षका लागि भनेर शुरु भएकामा अहिले १३ वर्ष बित्दा पनि सिसडोलमै फोहर विसर्जन भइरहेको हो ।

फोहरका कारण दुर्गन्ध फैलिएको र स्वास्थ्यमा असर पुगेको भन्दै स्थानीयवासीले पटकपटक अवरोध गर्दै आएका छन् । पछिल्लो पटक गत असारमा पनि स्थानीयका अवरोधका कारण एक सातासम्म उपत्यकाको फोहर उठ्न सकेको थिएन ।