१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध

ब्रेथलाइजर मेसिन बिग्रिँदा ट्राफिक प्रहरी हैरान

ब्रेथलाइजर मेसिन बिग्रिँदा ट्राफिक प्रहरी हैरान
अ अ+ अ-

–विमलबहादुर विष्ट
डोटी । जिल्ला ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनका लागि पर्याप्त प्रविधि र सामग्री नहुँदा समस्या भइरहेको जनाएको छ । डोटीमा ट्राफिक प्रहरीका लागि भएको एकमात्र ब्रेथलाइजर मेसिन बिग्रेको छ । यही कारण मादक पदार्थ सेवन गरी सवारी चलाउने र प्रहरीबीच विवाद हुने गरेको छ । बिग्रेका मेसिन मर्मतका लागि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया पठाएको लामो समय भइसक्दा नपठाउँदा डोटी ट्राफिक प्रहरीलाई जाँचमा समस्या भएको बताइएको छ ।

ब्रेथलाइजर मेसिन नहुँदा ट्राफिक प्रहरीले सवारी चालकको मुख सुघेर मादकपदार्थ सेवन गरे नगरेका बारेमा पत्ता लगाउन बाध्य भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका ट्राफिक प्रहरीका अनुसार चालकको मुख सुघ्ने विषयमा कहिले काही त ठूलै विवाद उत्पन्न हुने गर्दछ ।

जिल्ला ट्राफिक प्रहरी दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक मोहनसिंह धाँमीले जिल्लाभरिमा एकमात्र ब्रेथलाइजर मेसिन भएको र त्यो पनि बिग्रेर थन्किएको बताए । उनले भने, “जिल्लाभरिमा एउटा मात्रै मेसिन थियो, त्यो पनि बिग्रेकाले मर्मतका लागि पठाएका छौँ, बनेर आएको छैन ।”

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले चालकले मादक पदार्थ सेवन गरेको छ छैन भन्नका लागि मदिराको गन्धले, आँखाबाट र शारीरिक अवस्थाबाट पत्ता लगाउनुपर्ने अवस्था प्रहरीसँग रहेको बताए । “अलि धेरै खाएको छ भने आँखा रातो भएको हुन्छ, शरीर झुल्न थालेको हुन्छ”, उनले भने, “हामी खाएको मान्छे मदिरा नपिएको मान्छेसामु जाँदा गन्ध पनि आइहाल्छ, पत्ता लगाउन सजिलो हुन्छ ।”

उता क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका ट्राफिक प्रहरी निरीक्षक लालबहादुर साउदले बिग्रेका ब्रेथलाइजर मेसिन मर्मतका लागि हेडक्वार पठाएको र हालसम्म फिर्ता नआएको पनि बताए । उनले भने, “हाम्रो प्रदेशमा बिग्रेका ब्रेथलाइजर मेसिन जम्मा गरेर हेडक्वार पाएको लामो समय भइसक्यो, फिर्ता आएका छैनन्, नआए हामीले कहाँ बाट पठाउनु ।”

क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीयाका अनुसार सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र अत्तरियाबाहेक अन्य कुनै पनि जिल्लामा ब्रेथलाइजर मेसिन छैनन् । आफ्नो कार्यालयबाट ब्रेथलाइजर मेसिन नआएपछि यहाँका ट्राफिक प्रहरीहरुले ब्रेथलाइजर मेसिन किनिदिन स्थानीय तहसंग माग गरेका छन् ।

जिल्लामा ब्रेथलाइजर मेसिन किन्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले सबै स्थानीय तहमा आग्रह गरे पनि उक्त मेसिन किन्नका लागि रकम कहीँकतैबाट नआएको ट्राफिक प्रहरीको गुनासो छ । “करीब रु २० हजारमा किन्न सकिने उक्त मेसिन नहुँदा यहाँका ट्राफिक प्रहरीलाई निकै समस्या हुँदै आएको विषयमा सबै निकायमा खबर गरे तर कसैले किन्ने प्रयास गरेरनन्”, जिल्ला ट्राफिक प्रहरी प्रमुख मोहनसिंह धाँमीले भने, “सबैका लागि काम लाग्ने मेसिन किन्नलाई के दुःख, मेसिन नहुँदा हामी नै बिरामी पर्ने बेला भइसक्यो ।”

त्यस्तै कतिपय स्थानमा ट्राफिक बत्तीको व्यवस्था नहुँदा र स्टप लाइट नराख्दा समस्या भएको उनको भनार्इ छ ।