७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुष्माको निधनमा राप्रपा दुःखी



अ+ अ-
फाइल फोटो

काठमाडौं । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ एवं पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुःख व्यक्त गरेको छ।

राप्रपा अध्यक्ष कमल थापाले बुधबार जारी गरेको विज्ञप्तिमा नेपाल भारत सम्बन्ध सुदृढ तुल्याउन उनको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ । ‘विगतको कठिन समयमा दुई देश बीचको सम्बन्ध बिग्रन नदिन उहाँले खेल्नु भएको भूमिका र उहाँसँग समकक्षीको रुपमा गरेको सहकार्य स्मरणमा ताजा रहेको छ, राप्रपाले विज्ञप्तिमा भनेको छ,। जारी गरेको विज्ञप्तिमा सुष्मा नेपालको असल मित्र र शुभेच्छुक रहेको उल्लेख गरेका छन्।

‘दिवंगत सुष्माजी प्रति श्रद्धाञ्जली अर्पण गर्दछु’, विज्ञप्तिमा थप भनिएको छ, ‘शोकको यस घडीमा भारतीय जनता पार्टी र भारतीय जनता प्रति हार्दिक समवेदना प्रकट गर्दछु।’