१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालिकालाई १५ दिनसम्म बलात्कार गरेको आरोपमा एक जना पक्राउ



अ+ अ-

धनुषा । आमाको सहयोगमा १२ वर्षकी बालिकालाई दिल्ली लगेर १५ दिनसम्म बलात्कार गरेको आरोप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–९, पशुपतिनगर ४० वर्षका सियाराम महतो रहेका छन् ।

घटनापश्चात महोत्तरीको भंगहा नगरपालिका–६, थारुटोलकी बालिकालाई घरमा ल्याएर फरार रहेका महतोलाई मंगलबार दिउँसो महोत्तरीको गौशालाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बालिकाले घर फर्केपछि स्थानीयको सहयोगमा गएको असार २२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सियारामका साथै घटनामा सहयोग गर्ने सियारामका बुबा रामाशीश महतो र स्थानीय रामजतन महतोमाथि किटानी जाहेरी दर्ता गराएकी थिइन् ।

उनका अनुसार आरोपी महतोमाथि ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीले थप अनुसन्धान गरिरहेको छ ।